कुलो खन्ने क्रममा पहिरो खस्दा तीन घाइते

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 1 min

गुल्मी । गुल्मीमा कुलो खन्ने क्रममा पहिरो खस्दा तीन जना घाइते भएका छन् ।

शनिबार दिउँसो जिल्लाको सत्यवती गाउँपालिका-२, चेहेमीस्थित चेहेमी सिंचाई कुलोमा कुलो खन्ने क्रममा अचानक माथिबाट पहिरो खस्दा तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

कुलो खन्ने क्रममा पहिरोमा परि सत्यवती गाउँपालिका-२ चेहेमीका ६८ वर्षीय भगवती कुँवर, ४६ वर्षीय लक्ष्मी दर्जी र ४१ वर्षीय प्रेमकला कुँवर घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो ।

घाइते ६८ वर्षीय कुँवर र ४६ वर्षीय दर्जीको दुवै खुट्टामा चोट लागेको छ ।

४१ वर्षीय कुँवरको कम्मरको भागमा र दुवै खुट्टामा चोट लागेको छ । उहाँहरुको उपचारको लागि पाल्पाको मिसन अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?