मिलानको जित, युभेन्ट्सको बराबरी

Read Time = 3 mins

पेरिस । इटालियन सिरी ‘ए’ मा साबिक विजेता एसी मिलानले जित हात पार्दा युभेन्ट्स भने बराबरीमा रोकिएको छ । मिलानले घरेलु मैदानमा बोलोग्नालाई २-० ले पराजित गरेको हो । मिलानको जितमा राफयल लियो र ओलिभर जिरुडले गोल गर्नुभयो ।

खेलको २१ औं मिनेटमा राफयल लियोको गोलबाट मिलानले अग्रता लिएको थियो । ५८ औं मिनेटमा लियोकै पासमा ओलिभर जिरुडले गोल गर्दै मिलानको जित सुनिश्चित गर्नुभयो । यस जितसँगै मिलान तीन खेलबाट सात अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । समान खेलबाट सात अंक नै रहे पनि लाजियो, टोरिनो र रोमा गोलअन्तरमा मिलानभन्दा पछि छन् । पराजित बोलोग्ना एक अंक जोडेर १७ औं स्थानमा छ ।

सिरी ‘ए’ कै अर्काे खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा युभेन्ट्स रोमासँग १-१ गोलको बराबरीमा रोकिएको छ । युभेन्ट्सका डुसान भ्लाहोभिकले खेलको दोस्रो मिनेटमा फ्रिकिकमार्फत् सिधै गोल गर्दै सुरुवाती अग्रता दिलाउनुभएको थियो । रोमाका ट्याम्मी अब्राहमले ६९ औं मिनेटमा गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याउनुभएको थियो । यो बराबरीसँगै युभेन्ट्स तीन खेलबाट पाँच अंक जोडेर सातौं स्थानमा रहँदा रोमा सात अंक जोडेर चौथो स्थानमा रहेको छ ।

यता जर्मन बुन्डेसलिगामा साबिक विजेता बायर्न म्युनिखले बोरुसिया बोन्चेनग्लाडवाकसँग १-१ गोलको बराबरी खेलेको छ । ४३ औं मिनेटमा डेयोट उपमेकानोको गल्तपछि मार्कस थुरामले क्रिस्टोफ क्रामरको पासमा मैदानको मध्यभागबाट एकल प्रयासमा गोल गर्दै मोन्चेनग्लाडवाकलाई सुरुवाती अग्रता दिलाउनुभयो ।

८३ औं मिनेटमा जमाल मुसियलाको पासमा सानेले गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभयो । बराबरीसँगै अपराजित रहेको बायर्न चार खेलबाट १० अंक जोडेर शीर्षस्थानमा रहँदा समान खेलबाट आठ अंक जोडेर मोन्चेनग्लाडवाक छैटौं स्थानमा रहेको छ । एजेन्सी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?