सरकारी वकील र शिक्षक तथा विद्यार्थीहरुबीच अन्तरक्रिया

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 2 mins

रुपन्देही । समुदायमा सरकारी वकील कार्यक्रम अन्तर्गत “सरकारी वकीलको सांगठनिक संरचना, काम, कर्तव्य एवं समग्र समुदायप्रति यसको दायित्व’’ विषयक कार्यक्रम गरिएको छ । शुक्रबार बुटवल उपमहानगरपालिका वडा नं. ११ स्थित नवीन औद्योगिक कदर बहादुर रीता मा.वि. बुटवलमा कार्यक्रम गरिएको हो ।

कार्यक्रममा उच्च सरकारी वकील कार्यालय बुटवलका सहन्यायाधिवक्ता गोविन्दराज गौली , बुटवल उपमहानगरपालिका वडा नं. ११ का वडा अध्यक्ष रामचन्द्र श्रेत्री, उच्च सरकारी वकील कार्यालय बुटवलका उपन्यायाधिवक्ता रवि न्यौपाने, जिल्ला कानुनी सहायता समितिका कानुनी सहायता अधिकृत विष्णु भुसाल, नवीन औद्योगिक कदर बहादुर रीता मा.वि. बुटवलका प्राधानाध्यापक प्रेम बहादुर बस्नेतलगायतले आ-आफ्नो भनाई राख्नु भएको थियो ।

कार्यक्रममा उच्च सरकारी वकील कार्यालय, बुटवलका उप-न्यायाधिवक्ता रवि न्यौपानेले “सरकारी वकीलको सांगठनिक संरचना, काम, कर्तव्य एवं समग्र समुदायप्रति यसको दायित्व“ विषयक कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा सहभागी विद्यार्थीको तर्फबाट कानून संकाय कक्षा १२ मा अध्ययनरत विद्यार्थी रुक्सा अर्याल, नविन विद्यार्थी क्लवका अध्यक्ष अमिसन थापा, कानून समूहका ईन्चार्ज अधिवक्ता लोक प्रसाद खरेल, उच्च सरकारी वकील कार्यालय बुटवलका कम्प्यूटर अपरेटर बुद्धि पराजुलीलगायतले आ-आफ्नो भनाई राख्नु भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?