अहिलेको राजनीतिक संस्कृतिले संघीयता बचाउन सकिँदैन : चित्रबहादुर केसी

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अहिलेको राजनीतिक संस्कृतिले संघीयतालाई बचाउन नसकिने बताउनुभएको छ ।

सोमवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । अध्यक्ष केसीले देशमा उद्योग कलकारखाना खोल्नुनपर्ने ठाउँमा भएका कारखानाहरुलाई पनि निजीकरण गर्दा समस्या उत्पन्न भइरहेको बताउनु भयो । उहाँले अहिले देशमा मन्त्री, सांसद बन्ने कारखाना खोल्ने काम भइरहेको बताउनु भयो ।

उहाँले अहिले पनि देश बेवारिसे भएको भन्दै राजनीतिक दलहरु सत्तामा कसरी जाने ? र जुनसुकै मूल्य चुकाएर भएपनि सरकारमा जानैपर्ने स्थिति विकराल बन्दै गएको बताउनु भयो । उहाँले निर्वाचन लडि नसक्नु रहेको भन्दै यो अवस्था अहिलेका राजनीतिक दलहरुले थुपारेको बताउनु भयो । उहाँले राजनीति पार्टीहरुप्रति, नेता, सांसद, मन्त्रीहरुप्रति जनताको आस्था नरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘संघीय लोकतान्त्रिक गणतन्त्र आएपछि धेरैले पानी खाँदै वकालत गरेको मैले सुनेको थिएँ, देश स्वीजरल्याण्ड बन्छ, भयो त त्यस्तो ? देशमा उद्योग कलकारखाना खोल्नुनपर्ने, भएका सार्वजनिक कलकारखाना निजीकरण गर्ने, व्यक्तिलाई दिने, कारखाना यो संघीय प्रणाली अनुसार खोलेको केको लागि भन्दा मन्त्री बन्नका लागि । सांसद हुन, देशमा मन्त्रीको संख्या बढी भयो भने सांसदको संख्या बढी भयो भने त्यो देशको अर्थतन्त्रले धान्छ । कुन प्रधानमन्त्रीले, कुन अर्थमन्त्रीले देशमा भ्रष्टाचार अन्त्य गर्नुहुन्न त्यसलाई बढाउनुपर्छ भनेर कसले भनेको छ ? तर वास्तवमा व्यवहारमा के छ ? अहिले पनि देश बेवारिसे नै छ । हामी विशुद्ध सत्तामा कसरी जाने ? जुनसुकै मूल्य चुकाएर भएपनि त्यही छ । चुनाव लडिसक्नु, गइनसक्नु भइसकेछ । यो कसका कारणले, यो अरुले थुपारेको हो ? राजनीति पार्टीहरुप्रति, नेता, सांसद, मन्त्रीहरुप्रति जनताको आस्था छैन । पार्टीका कार्यकर्तालाई यही संस्कृति सिकाइराख्नुभने हामीले देश जोगाउन सक्दैनाैँ । संघीयता जोगिनै सक्दैन ।’

अध्यक्ष केसीले न्यायलयदेखि सबै क्षेत्रमा राजनीति हाबी भएको भन्दै सबैकुरा नसुध्रिएसम्म देशको विकास गर्न नसकिने बताउनु भयो । उहाँले नेपालमा घुस खानु र भ्रष्टाचार गर्नु नैतिक अधिकार जस्तो भएको बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?