नेपालले केन्यालाई दियो १७६ रनको लक्ष्य, ज्ञानेन्द्र मल्लको अर्धशतक

Read Time = 1 min

काठमाडौं । नेपालले अन्तिम तथा निर्णायक मानिएको टी–२० मा घरेलु टोली केन्यालाई १ सय ७६ रनको उच्च लक्ष्य दिएको छ । नैरोबीस्थित जिमखानामा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेटगुमाएर केन्यालाई १ सय ७६ रनको लक्ष्य दिएको हो ।

नेपालका लागि पूर्व कप्तान ज्ञानेन्द्र मल्लले ५९ रन बनाए । ओपनिङमा आएका ज्ञानेन्द्रले ४४ बलमा ५ चौका र दुई छक्का प्रहार गरे ।

त्यस्तै, नेपालका ओपनर अर्जुन साउदले २९ रन बनाए । मल्ल र साउदले दोस्रो विकेटका लागि ६५ रनको साझेदारी गरेका थिए । त्यस्तै, दिपेन्द्र सिंह ऐरीले २२ रन बनाए । रोहित पौडेलले २५ बलमा ४७ रनको स्कोर बनाएका थिए ।

केन्याका लागि नेहेमिया ओडिम्बो, सेम गोचे र भ्राज पटेलले समान २–२ विकेट लिए । यसअघि भएका चार टी–२० मा दुबै टिमले २–२ खेलमा जित निकाल्दै बराबरीको अवस्थामा रहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?