इराकमा हिंसात्मक प्रदर्शन : कम्तीमा ३० जनाको मृत्यु

Read Time = 3 mins

बग्दाद । इराकको बग्दादमा भड्किएको हिंसात्मक प्रदर्शनका क्रममा कम्तीमा ३० जनाको मृत्यु भएको छ । समाचार संस्था अलजजिराका अनुसार हिंसात्मक प्रदर्शनका क्रममा सात सय जनाभन्दा बढी घाइते भएका छन् । जसमा सैन्य बलका ११० जना सामेल छन् ।

इराकका शक्तिशाली शिया मुस्लिम धर्मगुरु मुक्तदा अल-सद्रले आफ्नो राजनीतिक जीवन त्यागेको घोषणा गरेसँगै बग्दादमा प्रदर्शन सुरु भएको थियो । प्रदर्शनकारीहरूले सरकारी कार्यालय र राष्ट्रपति भवन कब्जा गर्न खोजेपछि प्रदर्शन हिंसात्मक बनेको थियो, जसमा कम्तीमा ३० जनाको मृत्यु भएको जनाइएको छ ।

हिंसात्मक प्रदर्शनका कारण बग्दादमा उडानहरू प्रभावित भएका छन् । दुबईको इमिरेट्स एअरलाइन्सले बग्दादका लागि तय भएका आफ्ना सबै उडान रद्ध गरेको छ । उसले त्यहाँको अवस्था हेरेर आगामी दिनमा उडान हुने नहुने तय गर्ने बताएको छ । प्रदर्शनका क्रममा धर्मगुरुका समर्थक र इरानको समर्थनमा रहेका समूहबीच झडपसमेत भएको समाचारमा जनाइएको छ । प्रदर्शन हिंसात्मक बनेपछि रोक्नका लागि सैन्य प्रशासनले कर्फ्यू लगाएको छ । आफ्ना समर्थकमाथिको दमन रोक्न माग गर्दै धर्मगुरु अनशनमा छन् ।

गत अक्टोबरमा भएको संसदीय चुनावमा धर्मगुरु अल-सद्रको पार्टीले सबैभन्दा बढी सिट हासिल गरेको थियो । तर, बहुमत जुटाउन नसकेका कारण उहाँको पार्टीले सरकार बनाउन सकेन । सद्रले अब अगावै निर्वाचन र संसद विघटनको माग गर्दै आउनुभएको छ । सद्रले ट्वीटरमा पोष्ट गरेको विज्ञप्तिमा भनिएको छ, ‘म आफ्नो अन्तिम फिर्ताको घोषणा गर्दछु ।’ उहाँले आफ्नो कार्यालय बन्द गर्ने बारे विस्तृत जानकारी दिनुभएन् । सांस्कृतिक तथा धार्मिक संस्थाहरू भने खुला रहने बताउनुभएको छ ।

एक महिनाअघि इराकको राजधानी बगदादमा हजारौं प्रदर्शनकारी संसदमा प्रवेशगरी नाराबाजी गर्न थालेका थिए । इराकमा शिया मुस्लिम धार्मिक नेता मौलाना मुक्तदा अल-सद्रका समर्थकहरू ठूलो संख्यामा छन् । सद्रको पार्टी हाल इराकी संसदमा सबैभन्दा ठूलो दल हो । गतवर्ष अक्टोबरमा इराकमा चुनाव भएको थियो ।

को पार्टीले ३२९ सिट भएको संसदमा ७३ सिट जितेर संसदमा सबैभन्दा ठूलो दल बनेको छ । तर, सद्रले अन्य दलसँग काम गर्न अस्वीकार गरेकाले गठबन्धन सरकार गठन हुन सकेन । हाल निवर्तमान प्रधानमन्त्री मुस्तफा अल काधिमीले देश चलाइरहनु भएको छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?