मार्सी धानमा रोग लागेपछि किसान चिन्तित

हिमालय टाइम्स
Read Time = 3 mins

विजय रावत/हिटा
जुम्ला । जुम्लामा मात्रै उत्पादन हुने मार्सी धानमा रोग लागेपछि जुम्लाका किसान चिन्तित भएका छन् । जिल्लाको तोपानीगाउँपालिका–४ स्थित गौतमबाडामा रहेको धानको ज्युलो (खेत) मा ब्लास्ट रोग लागेपछि सो वडाका किसान चिन्तित भएका हुन् । ब्लास्ट रोगले धानको बोट नै मर्न थालेको छ । असारमा रोपेको मार्सीमा रोग देखिएपछि गौतमबाडाका किसान मर्कामा परेका छन् । धानमा ब्लास्ट लागेकाले कृषि विकास कार्यालय जुम्लामा समस्या लिएर आएको किसान भावना पाध्यायले बताउनुभयो ।

पाँचजनाको धानखेतमा यस्तो समस्या देखिएको छ । सबैले काली मार्सी लगाएका थिए । एकजनाको पाँचदेखि १५ भारीसम्मका खेत छन् । काली मार्सीमा ब्लास्ट संक्रमण फैलिएकाले समयमै उपचार गरी बाली जोगाइदिन कृषि विकास कार्यालयलाई उनीहरूले आग्रह गरेका छन् । तातोपानी-४ का किसान जानकी गौतमले धानको गुभो खुइलिएर खैरो, सेतो हुँदै बोट नै मर्ने गरेको जानकारी दिनुभयो । ‘हाम्रो पहिचानका रूपमा रहेको मुख्य बाली नै काली मार्सी हो । बेलैमा उपचार नभए हाम्रो परिश्रम नै खेर जान्छ,,’ उहाँले हिमालय टाइम्ससँग भन्नुभयो ।

प्राविधिकले धान खेतमै पुगेर निरीक्षण गरी किसानलाई परामर्श दिइरहेका छन् । धानबाली तत्काल निरीक्षण गरेर समयमै रोग नियन्त्रण गर्न आग्रह गरिएको छ । प्राविधिकले स्थलगत अध्ययन सुरु गरेको कृषि विकास कार्यालय जुम्लाका निमित्त प्रमुख गणेश अधिकारीले बताउनुभयो । काली मार्सी धान जुम्लाको पहिचानसँग जोडिएको छ । कृषि विकास कार्यालयले रोग लागेको क्षेत्रमा हाल जाँच तथा परीक्षणका लागि प्राविधिक परिचालन गरी रोग नियन्त्रण जारी रहेको कृषि विकास कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?