भागबन्डा टुंग्याउन कार्यदललाई सकस, आजको बैठक निर्णायक हुने संभावना

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । सिट बाँडफाँटका लागि गठित सत्ता गठबन्धनको कार्यदल बैठक आज पनि बस्दैछ । बुधबार साँझ बसेको बैठक बिना निष्कर्ष टुंगिएपछि सहमतिको प्रयासका लागि आज पुनः बैठक बस्न लागेको हो ।

बैठक बिहान ११ बजे बस्ने छ । बुधबार साँझ बालुवाटारमा बसेको बैठक कुनै ठोस निर्णय नगरी सकिएको थियो ।

नेताहरूले आआफ्नो दाबी नछाडेपछि कार्यदलको बैठक पटक–पटक निष्कर्षविहीन बन्दै आएको छ। सम्भवत् आजको बैठकले सिट बाँडफाँटबारे टुंगो लगाउने नेताहरूले बताएका छन् ।

नेपाली कांग्रेसले १०० सिटमा दाबी गरिरहेको छ । माओवादी केन्द्रले ६०, एकीकृत समाजवादीले ४०, जसपाले ३२ र जनमोर्चाले २ सिटमा दाबी गरिरहेको छ । गठबन्धनमा शीर्ष तहमा पनि सिट बाँडफाँटबारे छलफल जारी छ ।

कांग्रेस नेताहरूले १०० सिटबाट तल नझर्ने अभिव्यक्ति दिइरहँदा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पनि सबै सिट आफू राखेर ‘उब्रिएको सिट’ दिए स्वीकार्य नहुने बताइसक्नुभएको छ ।

गत सोमबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि सार्वजनिक कार्यक्रममै आफूहरूले प्रतिनिधिसभामा ६० सिट र प्रदेशसभामा १२० सिट दाबी गर्ने बतााउनुभएको थियो ।

तर शीर्ष नेताहरूको पछिल्लो भनाइ अनुसार संभवत आज भागबन्डा टुंगिने संभावना छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?