काठमाडौं । नेपालका लागि टिभिएस मोटरको एकमात्र आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले नेपालमा ल्याएको स्कुटर टिभिएस एन्टर्कले एक लाख माइलस्टोन पूरा गर्न सफल भएको छ । २०१८ मा नेपालमा लन्च भएलगत्तै नेपाली ग्राहकमाझ लोकप्रिय नेपालको पहिलो स्पोर्टी स्मार्ट स्कुटर टिभिएस एन्टर्क एक लाख बिक्री भइसकेको कम्पनीले जनाएको छ । बलियो र स्टाइलिस तथा स्मार्ट फिचरका कारण टिभिएस एन्टर्कले चाँडै ग्राहकको विश्वास जित्न सफल भएको कम्पनीको दाबी छ ।
जगदम्बा मोटर्सका म्यानेजिङ डाइरेक्टर साहिल अग्रवालले भन्नुभयो, ‘हामीले नेपाली ग्राहकको यति धेरै माया र विश्वास पाएका छौँ । लन्च गरेको यति छोटो अवधिमै एक लाख एन्टर्क रोडमा गुडिसकेका छन् । यो माया र विश्वासका लागि हामी नेपाली ग्राहकप्रति कृतज्ञ छौँ ।’
कम्पनीका अनुसार टिभिएस एन्टर्क बेस्ट-इन-क्लास पावर, पिक-अप र पर्फर्मेन्सका लागि लोकप्रिय छ ।
यसको टिभिएस एन्टर्क ड्रम आकर्षक मूल्यका कारण बढी रुचाइएको छ भने हालसालै लन्च भएको टिभिएस एन्टर्क एक्सपीले माइलेज र पावरको उत्कृष्ट कम्बिनेसन प्रदान गर्छ । टिभिएस एक्सपीमा आरटी–एफ्आइ प्रविधि, भोइस कमाण्ड, राइड मोडलगायत ६० भन्दा धेरै स्मार्ट कनेक्ट फिचर उपलब्ध छन् । नेपाली बजारमा अत्याधुनिक प्रविधियुक्त स्कुटर उपलब्ध गराउने टिभिएस पहिलो कम्पनी हो ।
स्मार्ट टेक्नोलोजी, दमदार पर्फर्मेन्स र स्पोर्टी डिजाइनका कारण टिभिएस एन्टर्क ग्राहकको पहिलो रोजाइमा पर्न सफल भएको बताइएको छ । एन्टर्कले नेपालमा १२५ सिसीको स्कुटर बजारमा नयाँ क्याटेगोरीमात्र नथपेर नेपाली ग्राहकका लागि प्रशस्त छनोटको अवसर प्रदान गर्दै विकासको नयाँ युगको सुरुवात गरेको छ । एक लाख स्कुटर बिक्री भएको अवसरमा टिभिएस एन्टर्क हाल तीन हजार नौ सय ९९ रुपैयाँ मासिक किस्तामा उपलब्ध रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच