कलमको सदुपयोग गरौं : मुख्यमन्त्री राउत

Read Time = 5 mins

-संजीवकुमार मिश्रा
बारा । कलम ठूलो हतियार ? यो भन्दा ठूलो हतियार संसारमा आजसम्म बन्न सकेको छैन । त्यसैले यसको सदुपयोग गर्नु पर्ने मधेश प्रदेशका मुख्य मन्त्री लालबाबु राउत गद्दीले बताउनुभयो ।

कलमले मानिसको जिवन सुनौलो बनाउन सक्छ भने यसको सदुपयोग गर्न सकिएन भने यसले जीवनलिला नै समाप्त गर्ने गरेको कतिपय उदाहरणहरु छन्, उहाँले भन्नुभयो,‘ कलमको प्रयोग संवेदनशिल भएर गर्नुपर्छ । पत्रकारहरुको मुख्य हतियार भनेकै कलम हो । त्यसैले कलमको प्रयोग गर्दा जहिले पनि चनाखो भएर गर्नु पर्छ । खाली नकारात्मक सोच राख्नु हुँदैन । पत्रकार भनेको राष्ट्रको चौथो अंग र समाजको ऐना पनि हो । समाजमा घटेका वा घटिरहेका सकारात्मक वा नकरात्मक दुबै खालका समाचार संकलन गरेर उनीहरु सम्प्रेशन गर्दछन् । समाचार संकलन र सम्प्रेण गर्दा कसै माथि द्धैष भावना राखेर गर्नु हुँदैन । यसले नत समाज नत राष्ट्रको नै भल्लो गर्दछ त्यसैले कलम चलाउँदा संवेदनशिल भएर चलाउनु पर्ने उहाँले बताउनुभयो ।’

बारा जिल्लाको सदरमुकाम कलैयामा आयोजना गरिएको मधेश प्रदेश मिडिया अवार्डस कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएको मुख्यमन्त्री राउतले लोकतन्त्र संस्थागत गराउन आफू प्रयासरत रहेको बताउनुभयो ।

मिडियालाई संस्थागत सहयोग गर्ने आफूले निति ल्याएको र ऐन समेत निर्माण गरिसकेको बताउँदै उहाँले भन्नुभयोे, ‘यो वर्ष देखि मधेश प्रदेश सरकारले संचारकर्मीहरुको विमा गर्ने कार्यक्रम अगाडी बढाएको छ त्यसै गरि लोककल्याणकारी विज्ञापन समेतको व्यवस्था गरेको छ । यसै वर्ष देखि संचारकर्मीहरुलाई पुरस्कृत गर्ने योजना समेत ल्याइएको उहाँले जानकारी दिनुभयो ।’

मधेश प्रदेशका महिलाहरुको लागि ५० प्रतिशत आरक्षणको व्यवस्था गरेको उहाँले बताउनुभयो । यसै वर्ष देखि कक्षा ११र१२ मा पढने हरेक जिल्लाका १ हजार छात्राहरुलाई ल्यापट वितरण गर्ने कार्यक्रम रहेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, मैले कुनै भ्रष्टाचार गरेको छैन नत कही कतै कहिल्यै कुनै भत्ता नै लिएको छु । यदि भत्ता लिएको ठहरे म आफनो पदबाट राजिनामा दिन तयार छु उहाँले भन्नुभयो, ‘मलाई बदनाम गर्न गराउन विभिन्न मिडिया तथा सामाजिक संजालमा समेत नानाथरीका हुँदै नभएका कुराहरु उल्लेख गर्ने गरेको आरोप लगाउनुभयो ।

हाम्रो देशमा कानून एउटा छ तर विभेदकारी नीतिको कारण हामी अहिले पनि पछाडी परेका बताउँदै उहाँले प्रधानमन्त्रीले करोडौ रुपैयाँ भोजभतेरमा खर्च गर्छन, पानीमा मात्र ३ करोड भन्दा बढी खर्च हुन्छ तर हाम्रो लागि कार्यालय खर्च वापत ३० हजार दिइन्छ । प्रदेश र स्थानीय तहको सर्भर असार २५ गते देखि बन्द हुन्छ तर संघीय सरकारको असार ३२ गते सम्म चलिरहन्छ यस्तै विभेदकारी नितिको कारण विकास हुन नसकेको उहाँले आरोप लगाउनुभयो ।

मधेश मिडिया अवार्डस कार्यक्रममा आठै जिल्लाका संचारकर्मीहरु, मधेश प्रदेशका मन्त्री, राज्य मन्त्री, बारा जिल्लाका १६ वटै पालिकाका पालिका प्रमुख उपप्रमुख, बाराका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवाल, प्रहरी उपरिक्षक दिलिप सिह देउवा लगायत विभिन्न पार्टीका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?