समृद्धिलाई बजार निर्माता अनुमतिपत्र

Read Time = 2 mins

काठमाडौं । समृद्धि फाइनान्सले नेपाल राष्ट्र बैंकद्वारा निष्काशित बचतपत्र र नागरिक बचतपत्रको प्राथमिक तथा दोस्रो बजार कारोबार र वैदेशिक रोजगार बचतपत्रको दोस्रो बजार कारोबार ‘बजार निर्मातासम्बन्धी कार्यविधि, २०७०(दोस्रो संशोधन २०७६ बमोजिम)’ गर्ने गरी अनुमति प्रदान गरेको छ ।

राष्ट्र बैंकले लामो अवधिका ऋणपत्रको प्राथमिक एवं दोस्रो बजार कारोबार प्रवद्र्धन तथा व्यवस्थित बनाउने उद्देश्यले वित्तीय कारोबार गर्ने इजाजत पत्रप्राप्त संस्थाहरूलाई हाल निष्काशन हुने तथा भइरहेका राष्ट्रिय बचतपत्र, नागरिक बचतपत्रको प्राथमिक तथा दोस्रो बजार कारोबार र वैदेशिक रोजगार बचतपत्रको दोस्रो बजार कारोबारमात्र गर्ने एवं भविष्यमा सरकारतर्फबाट निष्काशन हुने अन्य ऋणपत्रको समेत प्राथमिक तथा दोस्रो बजार कारोबारमा वित्तीय कारोबार गर्ने इजाजत पत्रप्राप्त संस्थालाई इजाजत प्रदान गर्ने प्रावधानअनुसार समृद्धिलाई राष्ट्र बैंकले इजाजत प्रदान गरेको हो ।

समृद्धिले मुद्दती निक्षेपको योजनाअन्तर्गत ७२ महिनामा पैसा दोब्बर हुने निक्षेप योजना सार्वजनिक गरेको छ । साथै कम्पनीले १० वर्षमा पैसा तेब्बर, १५ वर्षमा पैसा पाँच गुणा र २० वर्षमा पैसा आठ गुणा हुने निक्षेप योजना पनि सञ्चालनमा ल्याएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?