राजनीतिसँगै आर्थिक रुपान्तरण आवश्यक : अध्यक्ष ओली

Read Time = 1 min

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिसँगै आर्थिक रुपान्तरणका लागि लाग्नुपर्ने बताउनुभएको छ । उहाँले उद्यमशिलता र श्रमले मात्रै आर्थिक रुपमा सबल भइने उल्लेख गर्नुभयो ।

झापाको गौरीगञ्जमा आज भएको सभा तथा पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले नेपालको विकास नेपालीले मात्रै गर्न सक्ने बताउनुभयो । “देशको विकासका लागि एमाले नै पहिलो पार्टी बन्नु पर्छ, सीमावर्ती शहरलाई स्मार्ट सिटिका रुपमा विकास गर्नपर्छ । ” पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका ओलीले परम्परागत कृषि प्रणालीलाई व्यवस्थित गर्दै आधुनिकरण गरिनुपर्ने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?