भारतमा आफैँले निर्माण गरेको युद्धपोत सञ्चालनमा

हिमालय टाइम्स
Read Time = 2 mins

नयाँदिल्ली । भारतले पहिलोपटक आफैंले निर्माण गरेको विमान बाहक युद्धपोत शुक्रबारबाट सञ्चालनमा ल्याएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले कोचीन शिपयार्ड लिमिटेड कोचीमा यो युद्धपोत भारतीय जलसेनालाई हस्तान्तरण गर्नुभएको छ । आइएनएस विक्रान्त नाम दिइएको युद्धपोत भारतले १३ वर्ष लगाएर निर्माण गरेको हो । ४५ हजार टन तौल रहेको यो युद्धपोत २६२ मिटर लामो र ६२ मिटर चौडा छ ।

यो विमानबाहक युद्धपोतमा ४५० किलोमिटर मार हान्ने क्षमताको ब्रहृमोस मिसाइल परिचालन हुनेछ । एकैसाथ ३० वटा लडाकु विमान पार्किङ गर्न सकिने यो युद्धपोतबाट २९के फाइटर जेटले पनि उडान भर्न सक्नेछ भने एन्टी एयर, एन्टी-सरफेस र ल्याण्ड अट्याक गर्न सक्ने क्षमताका हतियारहरू राखिएको छ ।

यो युद्धपोतमा १५ सय जवान बस्न सक्ने र उनीहरूका लागि आधारभूत आवश्यकताका वस्तुहरू राख्ने क्षमता रहेको जनाइएको छ । युद्धपोतमा ८८ मेगावाट बिजुली निकाल्न चारवटा टर्वाइन जोडिएको छ । यो युद्धपोत सञ्चालनमा आएसँगै भारत सैन्य युद्धपोतमा पनि आत्मनिर्भरको सन्देश गएको दाबी गरिएको छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?