डा. लम्सालको ‘अग्नि’ भित्रको आगो खोज्दा

डा. गणेशप्रसाद घिमिरे
Read Time = 18 mins

सर्गबन्धो महाकाव्यं महतां च महच्चयत्
महाकाव्य सर्गबन्धमा हुनुुपर्ने र महान्हरूको महान गुुणगाथालाई महाकाव्यले आफूभित्र समेट्नुुपर्ने तर्क छैटौं शताब्दीका आचार्य भामहले बाहिर ल्याए । उत्तरवर्ती समयमा यही महाकाव्यको लक्षणले व्यापक र विस्तृत रूप प्राप्त गर्‍यो । पूूर्वका आचार्यले जुन किसिमको महाकाव्यीय मान्यता ल्याए त्यसैमा टेकेर साहित्यको इतिहास अघि बढेको देखिन्छ । यो संस्कृत परम्परालाई धान्दै अघि बढेको नेपाली महाकाव्य परम्परामा नवीन ढाँचा र दृष्टि लिएर देखा परे डा.नवराज लम्साल ।

कवि जेठी तरबार बनाउने ठुुले कामीका सन्तानका घरमा छन् । उसको सन्तानबाट कविले इतिहास खोतलिरहेका छन् । कविको चाह सीमान्तकृत नेपालीले भोगेका समस्यालाई बाहिर ल्याउनुु हो । कर्मप्रतिको विश्वासलाई कविको पात्रले दरो तरिकाले बाहिर ल्याएको छ ।

महाभारतमा सबैभन्दा बलशाली भएर पनि उपेक्षित पात्र कर्णलाई लिएर (२०६६) सालमा पहिलो महाकाव्य कर्ण सार्वजनिक गरेका उनले पृथ्वी र यसको सहनशीलतालाई लिएर दोस्रो महाकाव्य धरा (२०७३) मा बाहिर देखिए । उनको तेस्रो महाकाव्य अग्नि (२०७८) सालमा प्रकाशनमा आयो । आगोलाई नै कथावस्तुुको तन्तुुमा उनेर महाकाव्य कसरी लेख्न सकेहोलान् भन्ने जिज्ञासा मनमा पलाइहृयो । मदन पुुरस्कारले सम्मानित भएपछि पढ्न कर लाग्यो पढेँ र पग्लिएँ यी अक्षरमा । अग्नि महाकाव्यमा डा. नवराजले जसरी आफ्नो कविताको स्वरूप बाहिर ल्याए त्यसले नेपाली महाकाव्यमा नवीन भित्ती प्रदान गरेको छ ।

इतिहासको झल्को :
कविले इतिहासबाट कथावस्तुु ग्रहण गरेर काव्य सिर्जना गर्न सक्दछ । इतिहास आफैँमा काव्य हुन सक्दैन । कविको लेखनी इतिहासका अन्तरकुन्तरमा रहेका पात्र र विषयलाई काव्यका माध्यमबाट बाहिर पाठकसामु पुुर्‍याउन सक्दछ । इतिहासमा प्रसिद्धि पाएका व्यक्तिभन्दा प्रसिद्धि नपाएका व्यक्तिलाई नायक बनाएर महाकाव्य सिर्जना गर्नु चानचुने कुरा होइन । २०१५ सालमा बालकृष्ण समले सन्ते दमाईलाई नायक बनाएर चिसो चुल्हो महाकाव्य बाहिर ल्याए । त्यहाँ इतिहास थिएन त्यहाँ नेपाली समाजको त्यो चित्र थियो जसमा क्षेत्रिनी र दमाईको अभौतिक, आत्मिक प्रेम । त्यो प्रेम अधुरो थियो समको महाकाव्यमा । समले सन्ते र गौरीको मिलन गराउन सकेनन् । लम्सालले कामी र ठकुुरीकी छोरीको प्रेमलाई फक्रने मौका दिएका छन् । दुवैको प्रेमलाई जीवन्त पारेका छन् परिचयविहीन बनाएर ।

लम्साल एउटा कामीलाई महाकाव्यको नायक मानेर अघि बढेका छन् । ठुले कामी जसले जेठी तरवार बनायो । नेपाल एकीकरण अभियानमा जेठी तरवारको भूूमिका जीवन्त बनेर आयो । कविले जेठी तरवारको इतिहास वा किंबदन्ती सुने र ठुले कामीका सन्तानलाई भेटे ।

लम्साल एउटा कामीलाई महाकाव्यको नायक मानेर अघि बढेका छन् । ठुले कामी जसले जेठी तरवार बनायो । नेपाल एकीकरण अभियानमा जेठी तरवारको भूूमिका जीवन्त बनेर आयो । कविले जेठी तरवारको इतिहास वा किंबदन्ती सुने र ठुले कामीका सन्तानलाई भेटे । उनीहरूको हालचाल बुुझे । उनीहरूको दिनचर्यामा सहभागी बने । उनीहरूसित केही समय बिताए । काव्य सिर्जनाको भोकले उनलाई मकवानपुर पुु¥यायो । खोजे इतिहासलाई मनन गरे र महाकाव्य बाहिर ल्याए । इतिहासमा काव्यको जलप दिएर महाकवि गतिलो तरिकाले बाहिर आए । यही कुराको गतिलो जबाफ अग्नि महाकाव्य हो । ठूूले कामीको सन्तान छेलाङी विश्वकर्मासित कविको भेट भएको छ । छेलाङीले आफ्नो परिचय यसरी दिएको छ महाकाव्यमा :
म छेलाङी हुुँ
छेलाङी विश्वकर्मा !
नागरिकता लिँदा नागरिकताको नम्बर छुटेको
र रोल नम्बर नखुलेर किनारमा बाँचिरहेको
एउटा खाँट्टी नेपाली !
महाकाव्यको कथावस्तुु लिने सन्दर्भमा कविको दृष्टिकोण भिन्न तरिकाले आएको छ । उनी महाकाव्यको कथावस्तुुको सन्दर्भमा भन्छ्न् :
यो सीमान्तकृत जीवनको उत्सर्ग
कहीँ भेटिन्न इतिहासमा, काव्यमा
भेटिन्छ त राजपाठको दरबारी कथा
र महारानीहरूको शृङ्गारिक उपमा !
कवि लम्साल सीमान्तकृत परिवारमा पुुगेका छन् । उनीहरूले गरेका काम र उनीहरूबाट निर्माण भएका सबै साधन समाजमा प्रचलनमा छन् तर उनीहरू अछूूत छन् किन ? यो प्रश्न राज्यसंयन्त्रसित र परापूूर्वकालदेखि एउटै धारमा बाँचेको समाजसित छ । सीमान्तकृत समाजलाई हामीले मानवीय भावना, शिक्षा दिन सकेनौँ भने कसरी ऊ र उसको परिवार समाजमा स्थापित हुन्छ ? भन्ने प्रश्नको उत्तर कविले खोज्ने प्रयास गरेका छन् तर उत्तर उनीसित पनि छैन । उनी बेखबर भएर महाकाव्यमा उतारिएका छन् । कविको उत्तर खोज्ने प्रयासले सार्थकता पाओस् ।
सत्ताप्रतिको असन्तोष :
कविले संसारलाई आफ्नो आँखाले हेर्ने गरेको हुुन्छ । कवि लम्सालले संसार र संसारका यावत् कुराहरूभन्दा पनि नेपाली राज्यसत्ताको अवस्थालाई हेरेका छन् । समाजको विकास र उन्नतिमा सत्ताको महत्वपूर्ण योगदान रहने गरेको हुुन्छ । नेपालमा निरङ्कुश तन्त्र थियो । त्यस बेलाको सत्तालाई सम्बोधन गर्दै अग्नि भन्छ :

सत्ताको न कान हुुन्छ, न आँखा
सत्ता : आफैँ प्रश्न गर्छ
आफैँ उत्तर दिन्छ
आफँै मुुद्दा हाल्छ
आफैँ फैसला गर्छ
यही निरङ्कुुशताको परिचय !
सत्तासँग परिष्कार हुुँदैन, संयम हुुँदैन ।
यी पङ्तिले निरङ्कुश शासनमा देखिने कुरालाई बाहिर ल्याएका छन् । सत्तामा देखिएको निरङ्कुशता र लुुछाचुुँडी आजको आवश्यकता होइन तर आजको सत्ता यसरी नै चलिरहेको छ । राज्यका लागि सबै समान् छन् । राज्यका कुनै पनि अङ्गमा नागरिकको पहुुँच हुनुुपर्दछ तर हुन सकेन । कवि लम्सालको महाकाव्य राज्यका सन्दर्भमा वकालत गर्दै भन्छ :
राज्य
न त कुनै कुरो टुुङ्गोमा पुुर्‍याउँछ
न त सफलता असफलताको कारण खोज्छ
न गर्छ योजनाको अनुुगमन ।
सबै आफैँ जान्ने, आफैँ विज्ञ
न परामर्श न छलफल
न निर्णय न समीक्षा
तदर्थवादको निर्विवाद प्रयोग जस्तो !
कविको सत्ताप्रतिको विद्रोह हो या गणतन्त्रले हामीलाई सुुम्पेको राजनीतिप्रतिको गतिलो झापड हो । बुुझ्न नसकिने अवस्था छ यहाँ । कुनै पनि देशको राज्य व्यवस्थाले नागरिकलाई दिने अधिकार र ती अधिकारबाट प्राप्त हुने हकले होला सायद । त्यो अवस्था नेपालमा नदेखेर कविले यसरी भनेका होलान् काव्यका माध्यमबाट । यो असन्तोष अपरिचित, परिचय नपाएका ठुुले कामीका सन्तानको मात्र नभई सीमान्तकृत समूहको हो । चुुनावका समयमा जे पनि दिन तम्सिने नेपालका नेतालाई सम्बोधन गर्दै महाकाव्यको पात्र छेलाङी भन्छ :
मेरो देश
म को हुुँ ? मलाई मेरो परिचय दे !
मेरो देश
म मैँ भएर उभिन चाहन्छुु मेरो माटोमा
मैँ भएर बाँच्न चाहन्छुु मेरै परिचयमा
आज मलाई म हुन दे !
कस्तो सम्बोधन ! आफ्नोपन हराएको, केही मागेजस्तो, खोजेजस्तो र जीवनको आधार गुुमेजस्तो अवस्था छ आज यो वर्गको । यही असन्तोष कविले यहाँ बाहिर ल्याएका छन् । कविले नेपाली शासन व्यवस्था र व्यवस्थाले गरेका क्रियाप्रति असन्तोष व्यक्त गरेका छन् । गणतन्त्रमा पनि यस्तो भोग्नुुपर्ने अवस्थालाई इङ्गित गर्दै कवि भन्छन् :
सधैँ सधैँ शासक उच्च बन्ने बाँकी सबै शासित तुुच्छ भन्ने
त्यस्मै बगेको भ्रमको समाज किमार्थ स्वीकार हुुँदैन आज ।
सुुन्दर, स्वच्छ र भयरहित समाजको कामना गर्ने कवि र छेलाङी जस्ता सीमान्तकृत समाजका व्यक्तिलाई पनि बाँच्न सक्ने आधार दिनुु आवश्यक छ भन्ने चाहनामा छन् । उनको असन्तोषले आजको नेपाली राजनीतिलाई घोचेको सङ्केत पाइन्छ ।

शिक्षाप्रतिको असन्तोष :
शिक्षा राज्यको आवश्यकता हो । शिक्षामा समान पहुुँच हुनुुपर्ने धारणालाई संविधानमा व्यवस्था गरिएको छ तर त्यसो हुन सकेको छैन । कविको पात्र अध्ययनका लागि क्याम्पस भर्ना भएको छ । पढेको छ तर हामीले दिने शिक्षामा केही रहेनछ भन्ने उसको तर्कले आजको शिक्षा पद्यतिको खिल्ली उडेको छ । कविको पात्र भन्छ :
पढाइमा त खै के के थियो, थियो ?
आफूले पढ्ने विषयमा
न आफूू पाएँ न आफ्ना पुुर्खा पाएँ
न आरन पाएँ न कोदालो
न समाज पाएँ न साझा संस्कृति ।
कस्तो शिक्षा हामीले दिइरहेका छौँ आजको पुुस्तालाई छेलाङीको व्यङ्ग्य हो आजको शिक्षाप्रति । निःशुल्क शिक्षा राज्यले घोषणा गर्ने शिक्षालयले मनपरी शुुल्क लिने यही शिक्षा हो र ? यही शिक्षा पद्यति हो भने मलाई आवश्यक छैन । शिक्षाले मानिसलाई मानवीय भावना, सहयात्रा, सहअस्तित्व सिकाउनुुपर्ने होइन र ? तर, त्यसो हुन सकेको छैन । त्यसो हुन नसक्नुुमा कसको दोष हो । यही कुरालाई सम्बोधन गर्दै कविको पात्र भन्छ :
पढ्नुु भनेको झन् ठालुु पल्टिनुु हो भने
मलाई शिक्षा चाहिएन, शिक्षित हुनुुको लाइसेन्स चाहिएन
कुन सर्टिफिकेटले बनाएको हो र जेठी तरबार
यस्तो तर्क आयो मनमा क्याम्पस छोडेँ, यही आरन रोजेँ !
कविको पात्र विद्रोही छ । समाज सुुधारको अपेक्षा राख्छ तर त्यो हुन सकेको छैन । राजनीतिक परिवर्तन जति भए पनि समाज परिवर्तन बाँकी रहेको तथ्यलाई कविले आफ्नो पात्रका माध्यमबाट गतिलो तरिकाले राख्न सकेका छन् । भगवान्लाई त मन्दिरमा कब्जा गर्ने मानिस कसरी गतिशील हुन सक्छ र भन्ने सन्दर्भलाई कविको पात्र छेलाङी भन्छ :
कृष्ण मन्दिरबाट निस्कन पाउँदैनन्
हामी निस्किए पनि
कतै कसैकोमा छिर्न पाउन्नौँ
भगवानलाई थुुन्ने समाज हो यो !

कर्मप्रति विश्वास :
कवि जेठी तरबार बनाउने ठुुले कामीका सन्तानका घरमा छन् । उसको सन्तानबाट कविले इतिहास खोतलिरहेका छन् । कविको चाह सीमान्तकृत नेपालीले भोगेका समस्यालाई बाहिर ल्याउनुु हो । कर्मप्रतिको विश्वासलाई कविको पात्रले दरो तरिकाले बाहिर ल्याएको छ । कविभित्रको कर्मवाद पात्रका माध्यमबाट बाहिर आएको छ । कविको पात्र छेलाङी भन्छ :
हामी सक्तैनौँ अरूलाई मारे राजा हुन
भगवान् थुुनेर विष्णुुको अवतार हुन
आफ्नैलाई मारेर सत्तामा पुुग्न शासक हुन
परिणाम देख्नुुभएकै छ
यही आरन
यही जीवन
नवराज लम्सालको अग्नि महाकाव्यले मदन पुुरस्कार पायो । कविको शब्दको कालीगढी दुुर्बोध्य बनेको छैन । शब्दका जाल महाकाव्यमा आएका छैनन् । सरल र सरस तरिकाबाट अभिव्यक्त भएको उनको काव्यकारिताको एउटा असल पक्ष यहाँ व्यक्त भएको छ । नेपाल संस्कृति, परम्परा र विद्वत्तामा धनी छ तर विद्वान् हुुनुुको पहिचान विद्वान्ले आफैँ गुुमाएका छन् । कवि भन्छन् :
किन बेचिन्छन् विद्वान्हरू
र किन किन्नेहरू मात्र शासक हुुन्छन् ?
मेरो देश नेपालको पहिचान विश्वमा आफ्नै किसिमको छ । मेरो देशको स्वाभिमान आफ्नै परम्पराको छ । आजका नेताले देशको संरक्षण गरेनन् । यो कविको असन्तोष हो ।
देश बेचेर दौरा लाउनेहरू पनि छन्
स्वाभिमान बेचेर सत्ताश्रीपेच लाउनेहरू पनि छन्
यही हो मेरो देशको हालत कविको पात्र भन्छ । कति गहिरो, कति संवेदना र कति मिठास कविको वाणीमा । इतिहास, समाज, संस्कार, परम्परा, राजनीतिका झिल्काहरू देखिने यो कृति नेपाली साहित्यको महाकाव्य परम्पराको एउटा शसक्त आवाज हो । मदन पुुरस्कार पाएपछि कविको लेखनी बन्द नहोस् भन्ने शुुभकामनासहित ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?