कोरोनामा हजुरआमाको मास्क

हिमालय टाइम्स
Read Time = 15 mins

✍️जेबी खत्री, कोलमुनि
मैले सोधेँ ए हजुरआमा मास्क खोइ ? हजुरआमाले झसङ्ग हुँदै हात नाकमा पुर्‍याइन् । मास्क छैन ! हाँस्दै भनिन् होइन, अहिलेसम्म यीँ पो झुण्डिराखेको थियो । काँ झरेर मरो त ¤ यति भनेर भुइँतिर नियाल्न थालिन् । पुलिसले पक्डिन्छ नि ! अहिले त मास्क नलाई हिँड्न पाइँदैन । मास्क नलाई घरबाट निस्कनेलाई कारबाही गर्ने भनेको छ । झुक्किएर पनि मास्क नलाई हिँड्नु हुँदैन । मैले अलि कड्किएर थपेँ ।

हजुरआमाको चाउरिएको अुनुहार निचोरेको निबुवा जस्तो भयो । पर्तिर भर्खरै झरेको रहेछ मास्क टिपेर ल्याइन् । वस्तुलाई महला लाइदिए जस्तो म बुढीलाई के लाइदिन्छन् के लाइदिन्छन् मुखमा ! त्यसै पनि सास बढेर हिँड्न हुँदैन । थाहा छ । दमको रोगी छु । तीँ माथि यो मुखमा महला लाएपछि त झन् सास फेर्नैै गाह्रो । के गर्नु लाउँदिन भन्दा पनि लाउँनै पर्छ नलाई हुँदैन भन्छन् । बिहान हिँड्दा लाएर हिँड्यो बेलुका आउँदा छैन ! कहिले बाटाउँदो हिँड्दाहिँड्दै झर्दो रहेछ ।

कहिले बसेकै ठाउँमा छोडेर हिँड्दिरहिछु । कति हराएँ कति यस्ता नाकमा लाउँने टाला त मैले ! गन्या छैन र नै गन्नु भने २ कोरीभन्दा बढी नै भए हुन् । घटी भा छैनन् । लाइरहने बानी भए पो अडिन्छ । एकछिन्मा झरिजान्छ, यो झण्झट । डुब्नै लागेको घामलाई जति भरथेग गरेपनि एकछिन्मा त्यो डुब्छ नै । आज हो कि भोलि । हामी दिन पर्खेकालाई के लाइरहनु प¥यो यो मास्कसास्क ! आमै सन्किइन् एक छिन् ।
आफू मात्र सन्किइनन् । घरका अरूलाई पनि सन्काइन् । यिनले यसो गर्दागर्दै सार्छिन् होला कोरोना । वस्तुभाउ बुढो भए भीर खोज्छ रे । मान्छे बुढो भए निहुँ खोज्छ रे । सन्किँदै ओर्दै पनि आमैले मास्क लाइन् लाउन त । माक्स लाउनुपर्छ भन्ने ख्याल चाहिँ छ ।

सोफामा बसेकी हजुरआमा सधैँ बसेकै ठाउँमा कहिले उङिरहेकी हुन्छिन् त कहिले झोक्राइबसेकी भेटिन्छिन् । बोलाएर उठायो, झस्किन्छिन् । एकछिन् खडा हुन्छिन् । एकछिन्मा फेरि उस्तै । सजिलो गरी सुत्नु भन्यो भने दिउँसो सुत्दा जीउ बिग्रिन्छ रे ।

सोफामा बसेकी हजुरआमा सधैँ बसेकै ठाउँमा कहिले उङिरहेकी हुन्छिन् त कहिले झोक्राइबसेकी भेटिन्छिन् । बोलाएर उठायो, झस्किन्छिन् । एकछिन खडा हुन्छिन् । एकछिनमा फेरि उस्तै । सजिलो गरी सुत्नु भन्यो भने दिउँसो सुत्दा जीउ बिग्रिन्छ रे । उङ्दाउङ्दै एक बार ए नानी यता आइज आइज । यो लक डाउन कहिले खुल्छ ? खुल्यो क्यार बुझ बुझ जा भनिन् हजुर आमाले । के विचार आयो मनमा ! मैले खुलेको छैन आमा । कहिले खुल्छ खुल्छ नि ! अब हाम्रो देशमा कोरोनाका बिरामी बढेकाबढ्यै छन् । घटे त खुल्थ्यो होला नि भोलि, पर्सिदेखि त झन् कडा गर्ने पो भन्दैछ त । असार लागेपछि अलि खुकुलो त भएको थियो । अब फेरि झन् कडा गर्छ जस्तो छ । होइन, म त काठमाडौँ गएकी रहेछु । भर्खर गाडीबाट ओर्लदैछु ।

गाडी दोहोरीलत्ता चलेका थिए । उहाँ त काँ याँ जस्तो हो र ! बाटो काट्ने ठाउँ नपाइँने । मास्कसास्क नलाई हिँडे पनि हुने । म त मास्कविनै निस्फिक्री हिँडिरहेकी थिएँ । केटाकेटीहरू स्कुल जान थालेछन् । अपिसहरू सबै खुलेका । उद्योगधन्दा चलिरहेका । ए मानिसहरू आफू खुसी सडकमा यता र उता हिँडिरहेका । लक डाउनको त कुरोकन्थै पो छैन ! तेरी फुपूले गाडी चढाइदिइथी हिँजो बेलुका । गाडीबाट ओर्लदाओर्लँदै तैँले ब्युँझाइस् । मेरो सपना त खेर जाँदैन पो त ! तै बुझ बुझ खुले जस्तो लाग्या छ है मलाई त यो लकडाउन-सकडाउन ।

मैले अब कोरोना सङ्क्रमित अलि घटेपछि विस्तारै खुल्छ होला आमा योलक डाउन भनेपछि हजुरआमाको अनुहारमा उज्यालोको चमक छायो । यस्ता बुढाबुढी मान्छेलाई पनि के बिघ्न चिन्ता हो ! मजासँग घरमा बसेर खान छोडेर । लाग्यो, मानिसलाई यति भएरमात्र पनि पुग्दोरहेनछ । हामी हजुरआमाकै वरिपरि घुमिरहन्छौँ ।

हजुरआमा विसञ्चो त भको छैन नि ? मैले सोधेँ । खै के सञ्चो भन्नु । के विसञ्चो भन्नु नानी यो कोरोनाले मन भत्भती पोल्या छ । रातभरि निद्रा पर्‍या छैन । लकडाउन पनि आज खुल्छ भन्यो, खुल्दैन । भोलि त खुल्छ कि भन्यो, खुल्दैन ! यतिकै बर्खा जान्छ जस्तो छ । आज असार पनि कति गइसक्यो ? यसो विचार गर्दा नेपालमा पनि कोरोना सङ्क्रमित निक्कै भइसके जस्तो छ । जीवनमा कुनै कुराको अधिक चाहना छ र त्यो पूरा नभई अप्राप्य भयो भने त्यसले मानिसलाई कि सिर्जनात्मकतातिर लाँदो रहेछ कि विध्वङ्सतिर ।

अब यो कोरोना माहामारीले विश्व मानव मन कतिको जीवनलाई निरस बनाइदिने हो । कतिलाई आशावादी । चारैतिरबाट असफलताले घेरेपछि मानिसको मन त्यतिकै निरस पनि हुँदो रहेछ । एउटा गाउँ होइन । देश होइन । सिङ्गो विश्व नै यो कोरोना माहामारीले आक्रान्त भएको छ । हरेक दृष्टिले सम्पन्न मानिएका विश्वका अमेरिकालगायत युरोपियन मुलुकहरूमा पनि धेरै मानिस मरे । उद्योगधन्दा, कलकारखाना महिनौंदेखि बन्द छन् । उत्पादन नभएर खर्चमात्र बढेपछि जस्तो सुकै सम्पन्न देशले पनि आर्थिक रूपमा घुँडा टेक्दो नै रहेछ । आजसम्म कोरोनाका कारण विश्वमा ज्यान गुमाउँनेको सङ्ख्या ५ लाख ५० हजारभन्दा बढी भइसक्यो । सङ्क्रमितहरू १ करोडभन्दा बढी भइसके । गुड्दागुड्दैको गाडीमा अनायस झ्याप्पै ब्रेक लागे जस्तो भएको छ मानव जीवनको गति ।

न रोकिइरहन सक्छ न अगि बढ्न । चैत ११ गतेदेखि नै राम्रोसँग आकाशतिर फर्केर हेरेकी रहिनछु मैले ! मन कोरोनाले जस्तै कालो बादलले आकाश ढाकेको रहेछ । अर्को दसा आज राति फेरि थपियो पानी भने कति घर बगाउँने हो बाढीपहिरोले ! छँदैछ कोरोना कहर, घटेको छैन । सुरु भयो फेरि बाढीपहिरोको कहर । बाढीपहिरोको जोखिममा रात बिताउनेहरू । रातदिन आकाशबाट आरीले घोप्ट्याए जस्तो पानी पर्न थालेपछि खोला, नदी किनारका बस्तीहरू जो रातभरि आँखा घरको बलेसीमा विछ्याउँछन् । भोलिपल्ट बिहान भएपछि पूर्वतिर हेर्दै लामो सास फेर्छन् । बर्खा लागेपछि कसरी घुम्दो हो दिनपछि रात रातपछि दिन ! तिनका लागि यो समयको चर्खा !

हाम्री हजुरआमा कडा । साँच्चै कडा भनेजस्तो भएन भने त लाठो लिएर आइहाल्ने । पछिसम्म हामी नातिनातिनालाई पनि टेकेको लौरी उजाइहाल्ने । उहिले खसी झिकेर खानेलाई खोरबाट खसी झिक्दाझिक्दै असारेको तोक्मैतोक्माले ठट्टाएर ५/७ जना लाठेलाई खसी खोसेर लखेट्नु भएको रे । राणाशासन काल आसपासको कुरा । मैले डराई डराई सोधेँ, आमा तपाईं बुढीमान्छेलाई लकडाउन खुले पनि के नखुले पनि के ? हातखुट्टा बसिकेकी मान्छे । खुले पनि घरै बस्ने हो नखुले पनि घरै बस्ने हो । बसेकै ठाउँमा खानेकुरा आइहाल्छ । खाने बस्ने केको ल्याङल्याङ ।

आमै कड्किइन् मैलेमात्र खाएर हुन्छ ! तिमीहरूले खानु पर्दैन ? खाने मुखमात्र भएर हुन्छ ? आउँने बाटो नभएपछि कति दिन यसरी बसेर खानु ? काम छैन । सधैँ बसेर खान पुग्छ ? यतिका जनलाई ? अस्ति पो काम थियो । तेरा बाउको पैसा आउँथ्यो र खान पाइयाथ्यो । यस्तै हो भने भोकभोकै मर्ने दिन आउँछन् सबैका । न उद्योगधन्दा चल्छन् न कलकारखाना न खेतीपाती नै राम्रो हुन्छ ।

यो साल त अन्नबाली पनि सलह कीराले उठाउँन दिन्छ जस्तो छैन अनि के खाएर बाँच्ने ? तिमेरलाई पो शोक न सुर्ता भोक न भकारी खायो डकारी हिँड्यो हकारी छ त । म बुढीलाई चिन्ता कम छ ! यो बुढीलाई केको फिटफिट परेको हो भन्ठान्दा हौ । त्यो बाउले कसरी धान्या छ ? भन्ने त छैन । बाउको त्यही कमाई पनि थिएन भने चेत्थ्यौ ।

हजुरआमालाई मास्कमा बानी गराउँन हामीलाई झण्डै तीन महिना जति लाग्यो । कहिले एउटा कानमा एकातिर मात्रै झुण्डिरहेको हुने । कहिले अर्को कानमा हावाले हल्लाइ रहेको हुने । धेरैजसो त मुखमात्र छोपेको नाक खुल्लै हुने । मास्क लाउनु छ नाक नछोपी ।

उताबाट हजुरआमा आउँदैछिन् । ठूलो चाहिँ नातिले घुमाएर ल्याउँदैछ । एउटा हातमा मैले जान्दादेखि हिँड्दाको लौरो छ । अर्को हातमा पनातिको हात । कसोकसो मेरा आँखा हजुरआमाको नाकमा पुगे । मास्क छैन नाकमा ! उतिमाथि लाएर पठाएको फर्कदा खाली नाक ! मैले नाकमा मास्क नदेख्ने बित्तिकै लख काटिहालेँ । आज पनि हजुरआमाले मास्क हराइछन् । मैले फेरि कड्किएर सोधेँ, ए हजुरआमा मास्क खोइ ? कि आज पनि हरायो ? हजुरआमा निहुरिएर पोल्टाउँदो छाम्न थालिन् । नभेटेपछि यहीँ पो राखिरैथेँ । कता पर्‍यो ! भनेर पोल्टो टक्टक्याउँन थालिन् । कहिले त झथ्र्यो मास्क भूइँमा आज झरेन ।

कसोकसो गर्दा भेट्टाइन् । यता पो रछ भन्दै झिकिन् । हिँड्दाहिँड्दै सास बढेर नफुकाली सकिन । फुकालेर यता राखिरथेँ फेरि लाउँनै बिर्सेछु । पुलिसले देखेर सोध्नु अगावै हजुरआमाको कानमा मास्क झुण्डिसकेको थियो । हजुरआमा पनि अब त चलाख हुनु भएछ । पुलिसको छेउछाउ पुगेपछि मास्क लाइहाल्नु हुन्छ । कटेपछि फेरि फुकालेर राखिहाल्नु हुँदोरहेछ भनेर हाँस्यौँ सबै गलल । पुलिसका लागि लाउँने हो र आफ्ना लागि पो लाउँने हो त ¤ कोरोनाबाट आफू बच्न र अरूलाई पनि बचाउँन । एकछिन् त उल्लीबिल्ली पा¥यौँ हजुरआमालाई वरिपरि बसेर हामी नातिनातिना, पनातिपनातिनाले । हाम्रो ध्येय भने हजुरआमाले आफ्नो नाकबाट मास्क नझिकिदिए हुन्थ्यो, भन्ने थियो । त्यसपछि त झिक्नु भएन ।

हजुरआमालाई मास्कमा बानी गराउँन हामीलाई झण्डै तीन महिना जति लाग्यो । कहिले एउटा कानमा एकातिर मात्रै झुण्डिरहेको हुने । कहिले अर्को कानमा हावाले हल्लाइ रहेको हुने । धेरैजसो त मुखमात्र छोपेको नाक खुल्लै हुने । मास्क लाउनु छ नाक नछोपी । पहिले पहिले त त्यो पनि लाउन नमानेर हैरान । हजुरआमाले मास्क लाउन नजानेको देखेर हामी केटाकेटी उहाँको छेउमा उभिएर एकअर्कालाई हेर्दै खुतुतु-खुतुतु हाँस्थ्यौँ । बल्ल हजुरआमाले मास्क लाउन जान्न थाल्नुभयो । बानी पनि पर्‍यो । अहिले कतै जाने बेला भयो, आफ्नो मास्क खोज्न थाल्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?