युनाईटेडद्वारा शीर्ष स्थानको आर्सनल पराजित

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले शीर्ष स्थानको आर्सनललाई पराजित गरेको छ ।

शनिबार राति भएको खेलमा युनाईटेडले आर्सनललाई ३-१ गोल अन्तरले हराएको हो । यस जीतसँगै युनाईटेडले ६ खेलमा १२ अंक जोडेको छ ।

युनाईटेड पाँचौ स्थानमा रहेको छ । आर्सनल १५ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । आर्सनलको यो सिजनको पहिलो हार हो ।

घरेलु मैदानमा युनाईटेडलाई जित दिलाउन मार्कस राषफोर्डले दुई गोल गरे । यस्तै डेब्यु खेलाडी एन्टोनी सान्तोसले एक गोल गरे । आर्सनलका बुकायो साकाले एक गोल फर्काए ।

खेलको १२ औं मिनेटमा आर्सनलका मार्टिनेलीको गोलले मान्यता पाएन । गोलअघिको फउलको कारण भीएआरको सहायताबाट उनको गोलले मान्यता नपाएको हो ।

तर, खेलको ३५ औं मिनेटमा एन्टोनीले गोल गर्दै युनाईटेडलाई सुरुआती अग्रता दिलाए । डेब्यु खेलमै उनले गोल गरेका हुन् ।

खेलको ६० औं मिनेटमा साकाले गोल गर्दै आर्सनललाई १/१ गोलको बराबरीमा ल्याए । ६६ औं मिनेटमा राषफोर्डले गोल गर्दै युनाईटेडलाई २-१ को अग्रता दिलाए । त्यसपछि खेलको ७५ औं मिनेटमा राषफोर्डले व्यक्तिगत दोस्रो गोल गर्दै युनाईटेडलाई ३-१ को जित दिलाए ।

आर्सनलको यो सिजनको पहिलो हार हो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?