काठमाडौं ७ मा कांग्रेसबाट गुरागाईको नाम सिफारिस

Read Time = 2 mins

काठमाडौं। सत्तारुढ दल नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनको लागि काठमाडौं ७ मा प्रमोदहरि गुरागाईंको नाम सिफारिस गरेको छ ।

कांग्रेस महाधिवेशन प्रतिनिधि समेत रहेका गुरागाईसहित डा रामशरण थपलिया, विनोद पन्त, दयाराम पाण्डे, दक्ष पौडेल, नीलकाजी शाक्य, सरोज थापा, सुशील भट्ट र प्रमिलासिंह डंगोलको नाम पनि सिफारिस भएको छ । गुरागाईको पुर्ख्यौली घर नुवाकोट हो ।

यस्तै, एमालेबाट रघुजी पन्त, विद्यासुन्दर शाक्य, ईन्दिरा पन्त, बिपी ढकाल र श्याम घिमिरेको नाम सिफारिस भएको छ । माओवादी केन्द्रबाट मुक्ति प्रधान र रामबाबु फुँयालको दाबेदारी रहेको छ । यद्यपि, उनीहरूको नाम सिफारिस भइसकेको छैन ।

यस क्षेत्रबाट एकीकृत समाजवादीबाट वसन्त मानन्धर र जनता समाजवादी पार्टी ९जसपा०बाट राजेन्द्र श्रेष्ठ, स्वतन्त्रबाट यादवलाल कायस्थ, रवीन्द्रकुमार श्रेष्ठ र सूर्य सिलाकारको नाम सिफारिस भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?