दोलखाको भिरकोट माझिबस्तीमा सुक्खा पहिरो

Read Time = 1 min

दोलखा । दोलखाको तामाकोशी–१ भिरकोट माझिबस्तीमा सुक्खा पहिरो जाँदा ११ घर परिवार विस्थापित भएको छ । माझिबस्तीको माथिल्लो भागमा रहेको कुरी भिरबाट आज दिउँसो सुक्खा पहिरो खस्दा भिरकोटका ११ घर परिवार विस्थापित भएको वडा अध्यक्ष वसन्त थापाले जानकारी दिनुभयो ।

आज दिउँसो उक्त भिरबाट एक्कासी सुक्खा पहिरो खसेको र पहिरो झर्ने क्रम नरोकिएको स्थानीयहरूले बताएका छन् । मध्यदिउँसो पहिरो खसेका कारण कुनै पनि मानवीय क्षति नभए पनि वस्तीसम्म पहिरो आएको वडा अध्यक्ष थापाले जानकारी दिनुभयो ।

पहिरो खस्ने क्रम नरोकिएको र घरहरू जोखिममा रहेकाले प्रभावितहरूलाई सुरक्षित स्थानमा बसोबासको लागि प्रवन्ध मिलाउने काम भइरहेको उहाँले बताउनुभयो । सुक्खा पहिरोका कारण सिङ्गो गाउँ नै जोखिममा परेपछि प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाको टोलिले पहिरोको स्थलगत अवलोकन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?