काठमाडौं । फिल्म ‘पुष्पा’को सफलता पछि अल्लु अर्जुन पेन इण्डिया स्टार बनेका छन् । उनको पारिश्रमिकदेखि स्टारडमसम्ममा व्यापक वृद्धि भएको छ । उनले ‘पुष्पा २’का लागि झण्डै अभिनेता सलमान खानको हाराहारीमा पारिश्रमिक बुझेका छन् ।
समाचारअनुसार ‘पुष्पा २’ का लागि उनले १२५ करोड पारिश्रमिक लिएका छन् । यो फिल्मको बजेट ४ सय ५० करोड हो । उनको यो पारिश्रमिकसँगै बलिउडमा सर्वाधिक पारिश्रमिक लिने कलाकारको तेस्रो स्थानमा परेका छन् । पारिश्रमिकको मामलामा उनले अभिनेता अक्षय कुमारलाई पनि पछि पारेका छन् ।
यसअघि अभिनेता सलमानले फिल्म ‘किसीका भाइ किसीका जान’का लागि १२५ करोड पारिश्रमिक लिने भएका छन् । फिल्म निर्माताले नै स्वेच्छाले उनलाई यो पारिश्रमिक दिन लागेका हुन् । सलमानको यो फिल्म यसै वर्षको ३० डिसेम्बरमा रिलिज हुँदै छ । अल्लुको फिल्म भने आगामी वर्षमात्र रिलिज हुनेछ ।
-एजेन्सी
कृतज्ञतासहित शुभकामना
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच