कर्ण मल्लले कांग्रेस सभापति देउवाविरुद्ध चुनाव लड्ने

Read Time = 1 min

काठमाडौं । नेपाली कांग्रेस बीपीका वरिष्ठ उपसभापति कर्ण बहादुर मल्लले डडेलधुराबाट प्रतिनिधि सभा प्रत्यक्षतर्फ उम्मेदवारी घोषणा गर्नुभएको छ ।

शुक्रबार बीपी कोइरालाको १०९औं जन्मजयन्तीको अवसरमा डडेल्धुरामा आयोजित कार्यकर्ता भेलामा मल्लले डडेलधुराबाट चुनाव लड्ने घोषणा गर्नुभएको हो ।

नेपाली कांग्रेस बीपीको कार्यालय डडेल्धुरामा आयोजित भेलामा कांग्रेस बीपीका केन्द्रीय सभापति शुशिलमान शेरचनसमेत सहभागी हुनु हुन्थ्यो । मल्लले प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध प्रतिनिधि सभामा प्रत्यक्षतर्फ चुनाव लड्ने बताउनु भएको हो ।

कांग्रेसबाट कारबाहीमा परेपछि मल्ल केही समय अगाडि कांग्रेस बीपीमा प्रवेश गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?