वल्र्डलिंकको अफर

Read Time = 2 mins

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंकले नेपालीहरूको महान् चाड दशैंमा विगतको जस्तै थप खुशी थप्ने क्रममा ‘वल्र्डलिंक फेसटिभिटी’ अफर ल्याएको छ । अफरअन्तर्गत ग्राहकले आफ्नो सब्सक्रिप्सनमा तीन फरक-फरक आकर्षक डिल प्राप्त गर्न सक्नेछन् ।

हिलो प्याकेज फास्ट अफरअन्तर्गत एक हजार ५० रुपैयाँ प्रतिमहिना ग्राहकहरूले डुवल ब्याण्ड राउटर र दुई सय एमबिपिएस इन्टरनेट सेवा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । टु राउटर प्याकेजअन्तर्गत एक हजार ५० रुपैयाँ प्रतिमहिना नोकिया विकन राउटर, डुवल ब्याण्ड राउटर र उच्च गतिको इन्टरनेटका साथै अटुट कनेक्सनसहितको दुई सय एमबिपिएस इन्टरनेट प्राप्त गर्न सक्नेछन् ।

सबैभन्दा राम्रो मनोरञ्जनको प्याकेज एकै ठाउँमा प्राप्त गर्न सकिने स्मार्ट अफरअन्तर्गत एक हजार ५० रुपैयाँ प्रतिमहिना नोकिया बिकन राउटर दुई सय एमबिपिएसको इन्टरनेट सेवा साथमा सम्पूर्ण प्रकारका आवश्यकता मध्यनजर गर्दै सेटटप बक्सका साथमा मासिक नेटभिटी एक सय ५० रुपैयाँमै प्राप्त गर्ने कम्पनीले जनाएको छ । अफरअन्तर्गत एक वर्ष, छ महिना वा तीन महिनाका प्याकेजहरू उपलब्ध रहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?