नैतिकताले भरिएको राजनीति

डा. गणेशप्रसाद घिमिरे
Read Time = 15 mins

मया च भवता सम्यक् शुुश्रुुषा या कृतानघाः
असम्यग् वा महाभागास्तत् क्षन्तव्य मतन्द्रितैः ।
निष्पाप महाभागगण ! पाण्डुुपछि मैले हजुुरहरूको जानेर वा नजानेर सेवा गरेँ । मबाट जे जस्तो भुुल भयो मलाई माफ गरिदिनुुहोला ! यो श्लोक महाभारतको हो । हस्तिनापुरमा शासन गरेका र पुुत्रमोहमा फसेका धृतराष्ट्रको उक्ति हो । उनले आफूले गरेको शासन समाप्त भएको, युुद्धमा आफूूले हारेको, पुुत्रमोहमा फसेर आफ्नाप्रति नै नकारात्मक सोच राखेका कारण यो उक्ति उनले बाहिर ल्याए । उनको सम्बोधन हस्तिनापुरका जनता वा तत्कालीन प्रजालाई थियो । आफूले गरेको शासन पद्यति अस्वीकृत भयो जनताबाट अनुुमोदन हुन सकेन भने राजनीतिमा माफी माग्ने चलन देखियो ।

महाभारतमा धृतराष्ट्र हस्तिनापुरको कुशल नेतृत्व लिएर शासन गरेका व्यक्ति हुन् । पुुत्रको मोहका कारण युुद्ध भयो । युुद्धमा सबै आफ्ना मारिए । पुुत्रशोकमा परेर पनि आफूले गरेको गल्ती वा अपराधको क्षमा माग्नुु राजनीतिक संस्कार हो । यो संस्कारमा धृतराष्ट्र सबल बनेर उभिए । माफी माग्ने मैले तपाईंहरूको सेवा सही र गलत तरिकाले कसरी गरेँ जानकारी भएन तर तपाईंहरू शासित हुनुुभयो । मैले शासन गर्दा गरेका गल्तीको मलाई क्षमा गरिदिनुहोस् । धृतराष्ट्रले हस्तिनापुुरवासीलाई महाभाग भनेर सम्बोधन गरे । साह्रै भाग्यवान्, गुुणवान्, पूूजनयीय हजुुरहरूले मलाई माफ गरिदिनु होला ।

आजको सन्दर्भमा राजनीतिमा माफी माग्नुलाई लाचारी मानिन्छ । राजनीति गर्ने व्यक्ति वा नेता आफूलाई सर्वेसर्वा ठान्ने परम्परामा हुर्केको हुुन्छ । उसले आफूलाई शासक र जनतालाई शासित सम्झेको हुुन्छ । त्यसैले माफी माग्नुु उसको नैतिकताभित्र पर्दैन ।

यो सम्बोधन राजनीतिमा देखापरेको नैतिकता हो । नैतिकवान् राजनीतिज्ञले जनताप्रति गरेकोक्षमा याचना हो । उनले सकेर वा नसकेर, जानेर वा नजानेर मैले शासन गरेँ । मैले शासन गर्दा मेरा पूूर्वजहरूले देखाएको मार्गमा म गतिशील हुुन सकिन । त्यसैले मेरा गल्तीलाई माफ गरेर मलाई क्षमादान दिनुुहोला । यो अभिव्यक्ति तत्कालीन हस्तिनापुरका शासक धृतराष्ट्रको हो ।

धृतराष्ट्रको पश्चाताप :
आजको सन्दर्भमा राजनीतिमा माफी माग्नुलाई लाचारी मानिन्छ होला ? राजनीति गर्ने व्यक्ति वा नेता आफूलाई सर्वेसर्वा ठान्ने परम्परामा हुर्केको हुुन्छ । उसले आफूलाई शासक र जनतालाई शासित सम्झेको हुुन्छ । त्यसैले माफी माग्नुु उसको नैतिकताभित्र पर्दैन होला पनि । पदीय मर्यादालाई उलङ्घन गरेर गरिएको राजनीतिले कहिले पनि राजनेतालाई चोखो बनाएको हुुँदैन । हस्तिनापुरमा शासन गरेका धृतराष्ट्र आफ्नो छोरालाई शासनमा राख्न गरेको अपराध तथा पुुत्रमोहका कारण पाण्डुुपुत्रप्रति गरेको अन्यायका सन्दर्भमा भन्छन् :
यदा दुुर्योधनेनेदं भुुक्तं राज्यमकण्टकम्
अपि तत्र न वो मन्दो दुुबुुद्धिरपराद्धवान् ।
मेरो छोरो दुुर्योधनले राज्य सञ्चालन गरिरहेको अवस्थामा मैले हजुरहरू (प्रजा) को हितका लागि कुनै प्रकारको काम गर्न सकिन मात्र पाण्डवप्रति अन्याय गरिरहेँ । त्यसैले मलाई र मेरो कार्यकालको मेरो छोरा दुुर्योधनलाई उसको कार्यकालका लागि माफी दिनुुहोला । धृतराष्ट्रले आफूले आफ्नो कार्यकालका लागि मात्र जनतासित माफी मागेका छैनन् । उनले मेरो छोराले राज्य सञ्चालन गर्ने सन्दर्भमा पाण्डवहरूप्रति गरेको राजनीतिक अपराधका लागि पनि माफी दिनुुहोला भने ।

माफी राजनीतिको धर्म हो । आफूले राजनीतिमा सक्रिय हुुँदा गरेका गल्तीको सजाय दण्ड हो । उनलाई दण्ड महाभारतको युुद्धमा सबै मारिएपछि प्राप्त भयो । उनको नैतिकता राजनीति तत्कालीन शासनकर्ता पाण्डवसित रहेन । उनले शासन गर्दा गरेको भुुल हस्तिनापुरवासीप्रति हो । त्यसैले उनले जनताप्रति जिम्मेवार हुुँदै माफी मागेका छन् । शासन गर्दा मैले राम्रो गरेको भए माफी माग्ने कुरा नै हुुँदैनथ्यो । मैले गरेको राजनीतिक भुुललाई क्षमा याचनाको भावमा उनी भन्छन् :
तन्मया साधुु वापीदं यदि वासाधुु वै कृतम्
तद् वो हृदि नकर्तव्यं मया बद्धोद्रयमञ्जलिः ।
शासन व्यवस्था सञ्चालन गर्दा मैले जजस्ता अव्यवस्था भित्र्याएँ त्यो कुरालाई हजुरहरूले मनमा नराख्नुु होला । म हात जोडेर हजुरहरूसित माफी मागिरहेको छु । मलाई क्षमा गरिदिनुुहोला ? कस्तो शालीनता, कस्तो क्षमाभाव र कति संवेदनशील राजनीतिक व्यक्ति धृतराष्ट्र । उनले शासन गर्दा के गरे कसो गरेभन्दा पनि उनले माफी मागे हस्तिनापुरवासीसित । यो नै सबैभन्दा ठूूलो राजनीतिक संस्कार हो । यही संस्कारमा जीवन्त बनेर आयो तत्कालीन समयको राज्य व्यवस्था पनि ।

वनगमनको आज्ञा :
हाम्रो शास्त्रले वानप्रस्थलाई तेस्रो आश्रमका रूपमा मानेको छ । हस्तिनापुरका पूूर्वशासक राज्य सञ्चालन गर्दा आफूले गरेको भुललाई सुधार गर्न चाहन्छन् । शासन चलाउँदा मैले गल्ती गरेँ । मैले गरेको गल्तीको क्षमा मेरा लागि जङ्गलको वास हो । मलाई वनगमनको अवसर प्रदान गरिदिनुुहुुन हस्तिनापुरवासीसित माफी मागिरहेका छन् ।
वृद्धोद्रयं हतपुुत्रोद्रयं दुःखितोद्रयं नराधिपः
पूूर्वराज्ञां च पुुत्रोद्रयमिति कृत्वानुजानथ ।
यो हस्तिपुुरको पूर्वशासक बुढो भइसक्यो, यसका सबै छोरा मरिसके, पुुत्रशोकले दुुःखमा डुुबेको छ, पहिले असल तरिकाले शासन गरेका शासकहरूको वंशज हो त्यसैले हात जोडेर म वनगमनको आज्ञा मागेको छुु । मलाई वनगमनजको आज्ञा दिनुहोस् । यो तत्कालीन शासकमा देखिएको विनयशीलता हो । यो विनयशीलता राजनीतिका पण्डितमा हुुनुुपर्ने कुरालाई महाभारतको यो प्रसङ्गले उठाएको छ । उनी हस्तिनापुरका पूूर्वशासक थिए । पाण्डवहरूले उनलाई जेष्ठपिताको सम्मान दिएका थिए ।

उनी आरामले हस्तिनापुरमा बसेर बाँकी जीवन यापन गर्न सक्दथे तर त्यसो गरेनन् । राजनीतिमा देखिएको नैतिकता र राजनीतिको मूल धर्मलाई धृतराष्ट्रले अनुुभव गरेर वनगमनको आज्ञा मागे हात जोडेर जनतासित । म मात्र होइन मेरी श्रीमती गान्धारीलाई पनि माफ गरिदिन आग्रह गर्दै उनको भावना कति सरस र विशिष्ट तरिकाले व्यक्त भएको छ ।
इयं तुु कृपण वृद्धा हतपुुत्रा तपस्विनी
गान्धारी पुुत्रशोकार्ता युुष्मान् याचति वै मया ।
मेरी श्रीमती हस्तिनापुुरकी पूूर्वमहाराज्ञी गान्धारी सबै छोराहरूको मृत्युु भएकाले पुुत्रशोकमा शोकाकुल छे । पुुत्रशोकमा व्याकुुल यसलाई पनि माफ गरिदिनुहोला । हामी दुुबै हजुरहरूसित वनगमनको आज्ञा चाहिरहेका छौँ । पुुत्रशोकमा थलिएका, हस्तिनापुरका पूूर्वशासक धृतराष्ट्र जनतासित माफी मागिरहेका छन् । हामी दुुबै बुढा भएका छौँ । अब हाम्रो सहारा कोही पनि छैन । हामी वनवासमा जान चाहन्छौँ ।

हस्तिनापुरका जनतासित हाम्रो आग्रहमात्र हामीलाई माफी हो । हामीलाई माफ गरिदिनुुभयो भने हाम्रो जीवनका हरेकपल सफल तरिकाले व्यतीत हुने थिए र बृद्धावस्था पश्चातापमा जलेर नष्ट हुने थिएन ।

जनता सार्वभौमसत्ता सम्पन्न हुन् भन्ने कुरालाई हस्तिनापुरका पूूर्वशासक धृतराष्ट्रमा देखापरेको विनयशीलता हो । यही विनयशीलता राजनीतिज्ञमा हुुनुुपर्ने भावलाई यहाँ अभिव्यक्त गरिएको छ । अन्त्यमा उनी हात जोडेर हस्तिनापुरवासीलाई सम्बोधन गर्दै भन्छन् ः
हतपुत्राविमौ वृद्धौ विदित्वा दुुःखितौ तथा
अनुुजानीत भद्रं वो वज्राव शरणं च वः ।
हामी दुुबैलाई वृद्ध, दुुःखी र कर्महारा जानेर वनमा जाने आज्ञा दिनुहोस् । यही नै हाम्रो आशा र भरोसा हो । हामी हजुरहरूको शरणमा आएका छौँ । माथि उल्लेख गरिएका सबै सन्दर्भ तत्कालीन हस्तिनापुरका शासकको हो । शासन गर्दा गरिएका गल्ती र अपराधको क्षमायाचना यहाँ देखिएको छ । मैले शासन गर्दा जेजस्ता कुराहरू गरेँ र गर्न सकिन त्यसका लागि माफ गरिदिनुुहोला । माफीमात्र होइन मलाई वनजाने आज्ञा प्रदान गर्नुहोला । हामी भाग्यबाट ठगिएका, पुुत्रशोकमा डुुबेका, मोहमा थलिएर शासनलाई व्यवस्थित तरिकाले चलाउन नसकेका शासक हौँ ।
म मात्र होइन शासनमा चलाउँदा सहमागी मेरी श्रीमती पनि उत्तिकै भागीदार रहेकाले उनलाई पनि माफी दिई वनगमनको आज्ञा दिनुहोला । यहाँ जनता सार्वभौमसत्ता सम्पन्न छन् । शासकले जनतासित माफी मागेको छ । मैले शासनमा बस्दा गरेका सबै कर्मलाई माफ गरिदिनुहोला र हामीलाई वन जाने आज्ञा दिनुहोला भन्ने आशय जनताप्रति छ ।

जनता सार्वभौमसत्ता सम्पन्न हुन् भन्ने कुरालाई हस्तिनापुरका पूूर्वशासक धृतराष्ट्रमा देखापरेको विनयशीलता हो । यही विनयशीलता राजनीतिज्ञमा हुुनुुपर्ने भावलाई यहाँ अभिव्यक्त गरिएको छ । अन्त्यमा उनी हात जोडेर हस्तिनापुरवासीलाई सम्बोधन गर्छन् ।

आजको राजनीति :
धृतराष्ट्र महाभारतकालीन शासक हुन् । उनले जेजस्तो गरे पुुत्रमोहमा परेर गरे । उनको शासनकालमा जेजस्ता कुराहरू भए आफ्नै गल्तीका कारण भए । सबैले सम्झाउँदा पनि पुुत्रमोहका कारण उनको यो अवस्था देखियो र करबद्ध बनेर हस्तिनापुरवासीसित माफी मागे । यही हो साँचो र असल राजनीतिको गोरेटो । उनमा पलाएको पुुत्रमोहका कारण महाभारतको युुद्ध भयो । त्यो युुद्ध तत्कालीन समयको डरलाग्दो युुद्ध थियो ।

आजको राजनीति त्यसकिसिमको रहेन । जनता शासित बने शासक हमेशा शासकका रूपमा देखिए । नैतिकता हराउँदै गयो आजको राजनीतिमा । जनतालाई सर्वेसर्वा मान्ने संविधान हामीले ल्यायौँ । उक्त संविधान ल्याउन धेरै सङ्घर्ष गर्‍यौँ । शासन व्यवस्थाका हरेक कुरालाई परिमार्जन गरेर सत्ता सञ्चालन पनि भए । जनताको शासन आउन सकेन, जनताले राहत पाउन सकेनन । राजनीति गर्ने व्यक्ति पुुस्तारन्तरण हुन थाले आफ्नैमा । राम्रा भन्न सकिएन हाम्रा भन्न थालियो । चुुनाव महँगो भयो । असल र निष्ठावान् राजनीति गर्ने व्यक्ति यस्तो फोहरी खेलबाट टाढा रहन थाल्यो । राजनीतिमा आस्था, विश्वास, नैतिकता र सिद्धान्तको खडेरी लाग्यो । यसैमा हुुर्केको राजनीति र राजनीतिकर्मीलाई आउँदो निर्वाचनमा सबक सिकाउन सकौँ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?