जन्मसिद्व नागरिकका सन्तानलाई बंशजको नागरिकता दिन भोलि नै विद्ययेक पेश गर्न सरकारलाई ओलीको चुनौती

Read Time = 3 mins

-पुरन साह
जनकपुरधाम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नागरिकता विद्ययेकको विरोधमा नरहेको भन्दै जन्मसिद्व नागरिकका सन्तानलाई वंशजको नागरिकता दिने विद्ययेक भोलि नै संसदमा पेश गर्न सरकारलाई चुनौती दिनुभएको छ ।

जनकपुरधामको  ऐतिहासिक तिरहुतिया गाछी मैदानमा नेकपा धनुषाले आयोजना गरेको वृहत जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहनुभएका ओलीले गठबन्धन सरकारले जन्मसिद्व नेपाली नागरिकको हितमा भोलि नै विद्ययेक ल्याइए एमालेले मतदान गर्ने बताउनु भयो ।

एमालेलाई मधेश विराधी प्रचार गरेर मधेशको मत बटुल्ने कांग्रेस, मधेशीदल र माओवादीको योजना यसपाली असफल हुने उहाँले बताउनु भयो । गठबन्धन विकास, समृद्वि र जनताको हितका लागि नभई पार्टी टिकाउन, सरकार बनाउन र पैसा कमाउन मात्र रहेको उहाँले बताउनु भयो ।

ओलीले मधेशको राजधानी जनकपुरधाम समेत पर्ने धनुषाको निर्वाचन क्षेत्र नं. ३ मा यसपालि सूर्य चिन्हकै एमाले उम्मेदवार रहने स्पष्ट गर्नुभयो । यसले यहाँ वर्तमान निर्वाचित लोसपाका वरिष्ठ नेता सांसद राजेन्द्र महतोलाई एमालेले सहयोग गर्ने सम्भावनाको अन्त्य भएको संकेत गर्नुभयो ।

कार्यक्रममा बोल्दै एमाले नेता अग्नि खरेलले एमालेको प्रधानमन्त्रीको एक मात्र उम्मेदवार अध्यक्ष ओली रहेको बताउँदै गठबन्धनको प्रधानमन्त्री को ? बताउन चुनौती दिनुभयो । ओलीले अगामी असोज ८ गते धनुषाको क्षेत्र नं. २ मा हजारौ हजार नेता कार्यक्रताको प्रवेशमा पुनः आउने बताउँदै आज जनकपुरधाममा जसपाका प्रतिनिधीसभा सांसद रुहिना खातुन, जसपाकी प्रदेशसभा सदस्य अञ्जु कुमारी यादव, पुर्व राज्य मन्त्री लोसपाका नेता अरविन्द साह र नेपाली कांग्रेस धनुषाका सभापतीमा पराजित सन्तोष यादव सहित हजारौलाई पार्टीमा स्वागत गर्नुभयो ।

एमाले नगरकमिटि जनकपुरधामका अध्यक्ष सुरेन्द्र भण्डारी नेतृत्वको समूहले ओलीलाई २ सय ५ किलोको फुलमालाले स्वागत गरेको छ भन्ने जानकी मन्दिरको प्रतिमा उपहार प्रदान गरेको छ । सभा पश्चात उहाँ जानकी मन्दिर पुगेर पूजापाठ र दर्शन समेत गर्दै काठमाण्डौं फर्किनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?