संसदबाट धमाधम सांसदले बिदा लिँदै

Read Time = 2 mins

काठमाडौं । मौजुदा प्रतिनिधिसभाको कार्यकाल सकिनै लाग्दा सांसदहरुले औपचारिक रुपमा धमाधम बिदा लिन थालेका छन् । प्रतिनिधिसभाको कार्यकाल लम्ब्याउन खोजेको भन्दै १९ भदौमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सांसद पदबाट राजीनामा दिएको बताउनु भएको थियो ।

१९ भदौमा बसेको बैठकमा उहाँले यस मौजुदा संसद बैठकमा सहभागी नहुने भन्दै आफूले पाउने तलबभत्ता र सुविधा नपठाउन सभामुख र सचिवालयका कर्मचारीलाई आग्रह गर्नुभएको थियो । उहाँले सांसद पदबाट राजीनामा दिएको घोषणा गर्नुभएको थियो ।

लिङ्देनले सांसद पदबाट राजीनामा दिएको १२औँँ दिन बुधबार (२९ भदौ) मा बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरुले सबैलाई धन्यवाद दिँदै अब यस मौजुदा संसदमा सांसदमा रुपमा उपस्थित नहुने बताएका हुन् ।

बुधबार बसेको बैठकको शून्य समयमा कांग्रेसकी रंगमती शाहीले शून्य समयमा बोल्ने आफ्नो अन्तिम रहेको भन्दै सबैलाई आगामी निर्वाचनमा जितेर आउन शुभकामना दिँदै बिदा लिनुभयो ।

यसैगरी जसपाकी रेनुका गुरुङले पनि सबैलाई शुभकामना दिँदै बिदा लिनुभयो । कांग्रेसका भरतकुमार साहले पनि सभामुख, उपसभामुख, सांसद सबैलाई धन्यावाद दिनुभयो ।

निर्वाचन आयोगले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानुपातिक तर्फको उम्मेदवारको बन्द सूची बुझाएसँगै मौजुदा संसदको कार्यकाल सकिने भन्दै पत्राचार गरिसकेको छ । यसअनुसार १ असोजबाट मौजुदा प्रतिनिधिसभाको कार्यकाल सकिनेछ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?