स्वास्थ्यकर्मी लिएर घरदैलोमा पुगे गुठिचौरका जनप्रतिनिधि

Read Time = 2 mins

-विजय रावत

जुम्ला । जुम्लाको गुठिचौर गाउँपालिकाका जनप्रतिनिधिले स्थानीयको राहतका लागी स्वास्थ्यकर्मीहरू लिएर घरदैलोमा पुगेकाछन् । स्वास्थ्य चौकी टाढा हुँदा बिरामीले समयमै उपचार पाउन नसकेको भन्दै जनप्रतिनिधिहरू स्वास्थ्यकर्मी गाउँमा पुगेका हुन ।

पछिल्लो समयमा भाइरल ज्वरो र रुघाखोकीका कारण बिरामी बढेपछि स्वास्थ्यकर्मीहरू सहित गाउँमा जनप्रतिनिधि खटिएको गाउँपालिका अध्यक्ष दानबहादुर बुढाले बताउनुभयो । गाउँमा भाइरल ज्वरोका कारण स्थानीयवासि विरामी हुन थालेकाछन् । केही बिरामी अस्पतालसम्म पुग्न सकेका छैन । बिरामीको स्वास्थ्य अवस्था बुझ्न र औषधि उपचारलाई थप व्यवस्थित गर्नेका लागी पालिकाका सबै गाउँमा स्वास्थ्यकर्मी पुगेर विरामीको उपचार समेत गरेको अध्यक्ष बुढाले जानकारी दिनुभयो ।

बिरामीलाई घरदैलोमै गुणस्तरीय उपचार सुविधा दिन स्वास्थ्यकर्मीलाई नियमित गाउँमा पठाउने व्यवस्था गर्न पालिका लागि परेको प्रमुख प्रशासकीय अधिकृत अमरराज गिरीले जानकारी दिनुभयो । गाउँमा भाइरल ज्वरो फैलिएको छ । अधिकांश घरघरमा बिरामी थलिएका छन् ।

अबदेखि प्रत्येक महिना सबै वडा र टोलटोलमा पुगेर नागरिकको स्वास्थ्य परीक्षण गर्ने अभियान संचालन गरिने भएको छ । स्वास्थ्यकर्मीहरूको टोलीले पहिलो चरणमा गाउँपालिका भित्रका तीय सय ९६ बिरामीको जाँच गरेर औषधि उपलब्ध गरेको गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख बालाराम नेपालीले जानकारी दिनुभयो ।

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?