च्याटबट सेवा ‘सिटिजन्स साथी’ को सुरुवात

Read Time = 1 min

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले च्याटबट सेवा ‘सिटिजन्स साथी’ को शुभारम्भ गरेको छ । उक्त नवीनतम सेवामार्फत् अब ग्राहकले कुनै पनि बैंकिङ सेवाहरूको अनुरोध सिधै च्याटबट सेवामार्फत् गर्न सक्ने बताइएको छ ।

साथै बैंकिङ सेवासम्बन्धी जिज्ञासाका लागि उक्त प्लेटफममार्फत् बैंकका एजेन्टसँग प्रत्यक्ष कुराकानी गर्न सकिने पनि बैंकका प्रवक्ता नारायणराज अधिकारीले जानकारी दिनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?