मुस्ताङबाट ‘अन्तिम संस्कार’को छायाँकन सुरु

Read Time = 2 mins

काठमाडौं । चलचित्र ‘अन्तिम संस्कार’को हिमाली जिल्ला मुस्ताङ बाट छायांकन सुरु भएको छ । शाही प्रोडक्सन नेपाल प्रा.लिको ब्यानरमा बन्न लागेको यो चलचित्रको शुक्रबार मुक्तिनाथ मन्दिरमा शुभमूहर्त गरेर छायांकन सुरु गरिएको हो ।

सांस्कृतिक तथा सामाजिक कथा वस्तु समेटिएको चलचित्रको छायांकन गर्न अंग्रज कलाकार विजय लामासहितको चलचित्र युनिट मुस्ताङ पुगेको थियो । चलचित्र युनिटले मुस्ताङमा करिब ४० प्रतिशत छायांकन सक्काएर बाँकी छायांकन काठमाडौंमा गर्ने बताएको छ ।

मुस्ताङको जोमसोम, मार्फा, कागबेनी र मुक्तिनाथ क्षेत्रमा चलचित्र चलचित्रको छायांकन गरिने चलचित्र निर्माता विनोद सुवेदी खत्री (टाटेमित) ले जानकारी दिनुभयो । चलचित्रको निर्माता विनोद सुवेदी हुनुहुनुन्छ भने निर्देशन प्रदीप शाहीको छ । प्रेम खड्का र बोधराज पौडेलले मुस्ताङको छायाँकनको व्यवस्थापन गर्दै हुनुहुन्छ ।

चलचित्रमा विजय लामासहित दिया पुन, कृष्णभक्त महर्जन, यमनराज उप्रेती, श्याम राई, सारदा गिरी, त्रिचु राई, सश्मिता गिरी र दिग्गज खत्रीलगायतको अभिनय रहनेछ । चलचित्रको छायांकन बाबु श्रेष्ठले गर्दै हुनुहन्छ । निर्देशक शाहीको यो दोस्रो चलचित्र हो । उहाँको निर्देशनमा बनेको पहिलो चलचित्र ‘गोर्खा बिनिथ द ब्रेभरी’ थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?