पाकिस्तानमा वर्षा र बाढीका कारण १५ सय जनाको मृत्यु, १२ हजार व्यक्ति घाइते

Read Time = 2 mins

इस्लामावाद । पाकिस्तानमा मध्य जुनदेखि पछिल्लो समयसम्म जारी अविरल वर्षाका कारण आएको बाढीमा परी मृत्यु हुनेको कूल संख्या १५ सयभन्दा बढी पुगेको छ । यस प्रकोपमा परी १२ हजारभन्दा बढी घाइते भएका राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरण (एनडीएमए) ले जनाएको छ । एनडीएमएले जारी गरेको प्रतिवेदन अनुसार देशमा छुट्टाछुट्टै वर्षा वा बाढीसम्बन्धी दुर्घटनामा ज्यान गुमाउनेमा ५५२ बालबालिका र तीन ३१५ महिला छन् । देशको दक्षिणी प्रान्त सिन्ध सबैभन्दा बढी प्रभावित क्षेत्र भएको छ । यहाँ यस प्रकोपमा परी ६७८ व्यक्तिको मृत्यु भएको बताइएको छ ।

त्यसपछि उत्तरपश्चिम खैबर पख्तुनख्वा र दक्षिण-पश्चिम बलुचिस्तान प्रान्तहरू छन् जसमा क्रमशः ३०६, २९९ जनाको मृत्यु भएको जनाइएको छ । यसबाहेक, पाकिस्तानका विभिन्न भागमा १९ लाख ४३ हजार ९७८ घरहरू ध्वस्त भएको र नौ लाख ४३ हजार नौ सय नौ पशुधनको मृत्यु भएको जनाइएको छ ।

मौसमी वर्षा र बाढीका कारण १२ हजार सात सय ३५ किलोमिटर लामो सडक र ३७५ पुलमा क्षति पुगेको उल्लेख गरिएको छ । यसका अतिरिक्त ८१ जिल्ला र अनुमानित तीन करोड ३० लाख ४६ हजार ३२९ मानिस बाढीबाट प्रभावित भएको एनडिएमएले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ ।

बाढी प्रभावित क्षेत्रमा एनडीएमए, अन्य सरकारी संस्था, स्वयंसेवी र गैरसरकारी संस्थाहरूद्वारा उद्धार र राहत वितरण जारी छ । रासस/सिन्हृवा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?