यस्तो छ तपाईंको आश्विन ६ गते बिहीबारको राशिफल

हिमालय टाइम्स
Read Time = 2 mins

✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी

आज मिति २०७९ साल आश्विन ६ गते बिहीबार, ई.सं.- २२ सेप्टेम्बर, २०२२ । तिथि- आश्विन कृष्णपक्ष द्वादशी, नक्षत्र- अश्लेषा, योग-शिव, करण- कौलव, चन्द्रराशि- कर्कट, सूर्योदयः ५ः५२, सूर्यास्तः १८ः५९ ।

मेष : एक्लोपना र निराशाले सताउनाले मन एकतमासको बन्न सक्छ ।

वृष : नयाँ व्यापार वा व्यवसायतर्फ मन आकर्षित हुनेछ ।

मिथुन : घरायसी समस्याहरू देखा पर्न सक्छन् ।

कर्कट : भाइबहिनी वा सन्ततिका तर्फबाट खुसीको खबर प्राप्त हुनेछ ।

सिंह : खर्च बढे पनि घरायसी सुखसुविधाका सामग्रीको जोहो हुनेछ ।

कन्या : मनमा देखिएका निराशा र खिन्नताको समाप्ति हुनेछ ।

तुला : कुनै भौतिक सामान खरिद गर्नका लागि समय राम्रो छ ।

वृश्चिक : मेवा-मिष्टान्न आदि खाने वातावरण मिल्नेछ ।

धनु : प्रतिफल प्राप्त नहुने क्षेत्रमा निरर्थक लगानी हुने भय छ ।

मकर : धार्मिक गतिविधि, दर्शन र अध्यात्मतर्फ लाग्न प्रेरणा प्राप्त हुनेछ ।

कुम्भ : कृषि, वन र माटोसम्बन्धी व्यवसायीले लाभ प्राप्त गर्नेछन् ।

मीन : प्राज्ञिक र बौद्धिक क्षमता बढाउनु राम्रो हुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?