चुनाव नजिते पनि जनताको मन जित्न सफल भएँः बिक्रम सिंह थापा

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 3 mins

रुपन्देही । कपिलबस्तु २(१) प्रदेशका लोकतान्त्रिक–वाम गठबन्धनका साझा उम्मेदवार बिक्रम सिंह थापाले झिनो मतान्तरले चुनाव हारेपनि छोटो समयमा कपिलबस्तुवासीको मन जित्न भने सफल भएको बताउनु भएको छ ।

सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै थापाले आगामी दिनमा पनि रणनीतिका साथ अघि बढ्ने र कपिलबस्तुवासीको यस्तै माया,प्रेम,सद्भाव र स्नेह प्राप्त भैरहने अपेक्षा राखेको समेत बताउनु भयो।

“ प्राबिधिक रुपमा झिनो मतले चुनावमा पराजित भएपनि छोटो समयमा म तपाईहरुको मनमा बस्न सफल भएको छु” सामाजिक सञ्जालमा लामो लेख प्रकाशित गर्दै थापाले भन्नुभएको छ।

आफनो निर्वाचन क्षेत्रमा बुथगत वा वडागत वाकसबाट मत गणनाको नयाँ परिपाटी बसालेर यस क्षेत्रमा पहिले देखी चल्दै आएको मतदातालाई प्रलोभनमा पार्ने ठेकेदारी प्रथालाई उजागर गरिदिएको उहाको भनाई छ। “ यसवाट पार्टी भित्रका छद्मभेषी ठेकेदारहरुको मुखडा उजागर भएको छ ” उहाँले थप अगाडी भन्नुभएको छ– “ काँग्रेसप्रति गरेको गद्धारी ,घिनलाग्दो खेल र द्वैधचरित्र उदाङ्गो भएको छ”।

काँग्रेसका कर्मशील कार्यकर्ताहरुले गद्धारहरुलाई पहिचान गर्ने मौका पाएको उहाँको भनाई छ । मत गणनाको यो विधिले आगामी दिनमा सकारात्मक नतिजा दिने उहाँले बताउनु भयो।

उक्त प्रदेश क्षेत्रमा नेपाली काँग्रेसको लुम्विनी प्रदेश कार्यसमिति सदस्यका रुपमा पार्टीको नीति निर्देशन वमोजीम अघि बढ्ने बताउँदै थापाले कपिलवस्तुको बुद्धभूमी र महाराजगञ्ज क्षेत्रको विकासका लागी क्रियाशील रहने प्रतिवद्धता पनि व्यक्त गर्नु भएको छ।
प्रहरी सेवामा रहँदा अव्वल अधिकृतका रुपमा कहलीएका थापा प्रहरीको सर्वोत्कृष्ट सम्मान पूर्ण शान्ति पुरस्कारवाट पुरस्कृत व्यक्तित्व हुनुहुन्छ । प्रहरी सेवामा रहँदा पनि कपिलबस्तुवासी सोझा, सिधा, दुःखीजनको सेवामा समर्पित रहेको उहाँको भनाई छ।

काँग्रेसजस्तो गौरवशाली इतिहास बोकेको पार्टीको तर्फबाट उम्मेदवार बन्न पाएकोमा गौरव गर्दै थापाले पार्टी प्रति कृतज्ञता व्यक्त गर्नु भएको छ । चुनाबमा अहोरात्र खट्ने गठबन्धन दलका कार्यकर्ता,मतदाता,सुरक्षाकर्मी सबैप्रंति थापाले आभार प्रकट गर्नु भएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?