काठमाडौं । एक चोटी पनि सल्लाह नगरी पुरानो गठबन्धन भत्काएको भन्दै प्रधानमन्त्री प्रचण्डसँग आक्रोशित हुनुभएको एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित एमाले अध्यक्ष केपी शर्मा ओली कोटेश्वर पुग्नुभएको छ ।
स्वास्थ्य अस्वस्थताका कारण अध्यक्ष नेपाल केहीदिनदेखि घरमा आराम गरिरहनुभएको छ ।
हिजो साँझ पनि वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाईसँगै लिएर नेपाललाई भेट्न पुग्नुभएको प्रधानमन्त्रीले सरकारमा आउन आग्रह गर्नुभएको थियो । तर, साे भेटमा नेपालले एउटा गठबन्धन टुटाएर अर्को बनाउने छलफलमा आफूसँग कुनै परामर्श नगरेको भन्दै प्रधानमन्त्रीसँग आक्रोश पोख्नुभएको थियो । त्यस अघि एमाले अध्यक्ष ओलीले समेत एकीकृत समाजवादीका अध्यक्ष नेपालसँग टेलिफोन संवाद गर्नुभएको थियो ।
अघिल्लो गठबन्धन भत्काउँदा आफूलाई कुनै भ्यालु नदिएको भन्दै असन्तुष्ट बन्नुभएको नेपाललाई फकाउन आजफेरि प्रधानमन्त्री ओलीलाई लिएर कोटेश्वर पुग्नुभएको हो ।
यता एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले भने औपचारिक रुपमा सरकारमा सामेल हुन प्रस्ताव आए पार्टीले सकारात्मक रुपमा लिने बताउनु भएको छ ।
मंगलवार अपरान्ह डल्लुस्थित आफ्नै निवासमा न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उहाँले सरकारमा सहभागी हुनका लागि सत्तारुढ गठबन्धनले आफ्नो पार्टीसँग सम्मानजनक ढंगले वार्ता गर्नुपर्ने शर्त समेत राख्नुभयो ।
बुधवार बिहान सो पार्टीले मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न सचिवालय बैठक बोलाएको छ ।
नेता खनालले नीतिगत, कार्यक्रमिक, योजना र भिजनमा गठबन्धनले यसरी जान्छौं भन्ने खाका प्रश्तुत गरे सरकारमा जान कुनै समस्या नहुने प्रारम्भिक प्रतिक्रिया दिनुभयो ।
सरकारमा जानका लागि सत्तारुढ गठबन्धनसँग याचना नगर्ने उहाँको अडान थियो । सम्मानित नेता खनालले सत्तारुढ गठबन्धनले सहमतीका साथ जानका लागि गरिएको प्रस्ताव आफ्नो पार्टीले अस्वीकार नगर्ने पनि बताउनु भयो ।
सम्मानित नेता खनालले आफ्नो पार्टीले वाम एकताको पक्षमा भईरहेको प्रयत्नलाई झनै प्रखर ढंगले अघि बढाउने बताउनु भयो ।
बहुमत जुटाउन प्रधानमन्त्रीको प्रचण्ड दौडधुप
नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँग प्रचण्ड सरकार अल्पमतमा परेको छ । कांग्रेस-माओवादी गठबन्धन टुटेर एमालेसहितको गठबन्धन सरकार बनेपछि कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ । संविधानत अव प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ ।
अहिलेको समीकरण अनुसार एमाले, माओवादी, रास्वपा र जसपाको जम्मा मत बहुमतभन्दा ४ सिटले बढी अर्थात् १४२ मात्रै पुग्नेछ ।
नयाँ समीकरणमा १० सिटको नेकपा एस, ६ सिटको जनमत, ४-४ सिट भएका नागरिक उन्मुक्ति र लोसपा पनि सामेल गराएर प्रधानमन्त्री बलियो बहुमत जुटाउन क्रियाशिल हुनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच