पाँच महानगरपालिकामा सत्ता गठबन्धन निरन्तर हावी, दुई उपमहानगरमा एमालेको अग्रता

Read Time = 11 mins

नारायण भण्डारी/हिटा
काठमाडौं । स्थानीयतह चुनाव २०७८ को मतपरिणाम आउने क्रमजारी छ । धेरैको चासो रहेको ६ महानगर पालिकाको मतगणना जारी छ । मंगलबार राति यो समाचार तयार पारुन्जेलसम्म गरिएको गणना अनुसार ६ महानगरपालिकामध्ये दुई वटामा कांग्रेसले अग्रता लिएको छ । कांग्रेसका उम्मेदवारले ललितपुर र विराटनगर महापालिकामा अग्रता लिएका हुन् । तीव्र प्रतिस्पर्धा हुँदै आएको भरतपुर महानगरपालिकामा गठबन्धनकै उम्मेदवारले अग्रतालिएका छन् । यता मुलुकको राजधानी काठमाडौंको मतपरिणाम पनि निकै रोचक बनिरहेको छ ।

महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले फराकिलो मतान्तर सहितको अग्रता बढाउँदै लैजानुभएको छ । ११ वटा उपमहानगरमध्ये दाङको तुलसीपुरको मतगणना भएको छैन । त्यहाँ वडाध्यक्षका उम्मेदवारको मृत्यु भएकाले चुनाव सरेको थियो । अन्यमा धनगढी र जनकपुरमा स्वतन्त्र उम्मेदवार अगाडि रहेका छन् । त्यस्तै बाराको कलैयामा एमाले अगाडि रहेको छ भने बाँकीमा गठबन्धनका उम्मेदवार अगाडि रहेका छन् । यद्यपि मतगणना गर्न निकै बाँकी रहेकाले अहिले नै नतिजाको आँकलनगर्न सहज भने छैन ।

काठमाडौं महानगरपालिका स्वतन्त्र उम्मेदवार बालेन साहले १३,१७९ मतल्याएर अग्रता लिइरहनुभएको छ भने एमालेका केशव स्थापितले ७,१०६ मतका साथ उहाँलाई पछ्याइ रहनुभएको छ । यस्तै नेपाली कांग्रेसकी सिर्जना सिंह ६,२४७ मतका साथ तेस्रो स्थानमा हुनुहुन्छ । उपमेयरमा एमालेकी सुनिता डंगोल १२,१५७ मतका साथ अग्र स्थानमा हुनुहुन्छ । उहाँलाई पछ्याउनु भएकाएकी एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठको ३,६१४ मत छ । उता पोखरा महानगरपालिकामा पनि सत्ता गठबन्धनका उम्मेदवार र एमालेका उम्मेदवारबीच निकै कडा प्रतिस्पर्धा चलिरहेको छ ।

गठबन्धबाट उम्मेदवार बन्नुभएका एकीकृत समाजवादीका धनराज आचार्यले ११,८१२ मत ल्याउँदा एमालेका कृष्णबहादुर थापाले १,००६२ मत प्राप्तगर्दै उहाँलाई पछ्याइ रहनुभएको छ । उपमेयरमा कांग्रेसकी कोपिला राना भाटले १२,१३० मत ल्याएर अग्रता कायम गर्नुभएको छ भने ११,४८३ मतका साथ एमालेकी मञ्जुदेवी गुरुङ दोस्रो स्थानमा हुनुहुन्छ । भरतपुर महानगरपालिकामा पनि सत्ता गठबन्धनकै रेणु दाहाल ७,४७१ मतका साथ पहिलो स्थानमा हुनुहुन्छ । उहाँलाई एमालेका विजय सुवेदीले ७,०९८ मतका साथ पछ्याउँदै हुनुहुन्छ ।

उपप्रमुखमा पनि कांग्रेसका चित्रसेन अधिकारी ९,०३२ मतका साथ अग्रस्थानमा हुनुहुन्छ । उहाँलाई राप्रापाकी हिमला गुरुङले ५,८६९ मतले पछ्याइ रहनुभएको छ । उता ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जनले एमालेका प्रतिस्पर्धी हरिकृष्ण व्यञ्जनकारलाई दोब्बर बढी मतका साथ जिति रहनुभएको छ । महर्जनको ९,८९३ मत आउँदा व्यञ्जनकारको पक्षमा ४,३७८ मात्र पुगेको छ ।

उता वीरगञ्ज महानगरपालिकमा गठबन्धबाट उम्मेदवार बन्नु भएका जसपाका राजेशमान सिंहले ९,७६८ मतका साथ अग्रता लिइरहनुभएको छ भने एमालेका विजयकुमार सरावगी ४,२८६ मतका साथ दोस्रो स्थानमा हुनुहुन्छ । उत्तिकै चासोका रुपमा हेरिएको विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसका नागेश कोइरालालाई सुरुदेखि नै अग्रता लिनुभएको छ । उहाँले अहिलेसम्म १०,३६३ मतपाउँदा एमालेका सागरकुमार थापाको ७,८८२ मतपुगेको छ ।

इटहरी उपमहानगर पालिकाको मेयरमा नेपाली कांग्रेस उम्मेदवार हेम कर्ण पौडेल ११,३०० मतका साथ अग्रस्थानमा हुनुहुन्छ । पौडेललाई पछ्याइरहनु भएका नेपाल कम्युनिष्ट पार्टी (एमाले) का यामकुमार चुंगवाङ सुब्बाले ९,१४४ मत ल्याउनु भएको छ । उपमेयरमा एमालेकी संगीता कुमारी चौधरी १०,२२६ मतसहित अगाडि हुनुहुन्छ । उहाँलाई एकीकृत समाजवादीका केशवकुमार विष्टले ६,८५० मतसहित पछ्याइ रहनुभएको छ ।

धरान उपमहानगर पालिकाको मेयरमा नेपाली कांग्रेस उम्मेदवार किशोर राई ६,२७१ मतका साथ अग्रस्थानमा हुनुहुन्छ । राईलाई पछ्याइरहनु भएका स्वतन्त्रका हर्कराज राईले ५,६३१ मत ल्याउनुभएको छ । यस्तै एमालेकी मञ्जु भण्डारी ५,३६६ मतका साथ तेस्रो स्थानमा हुनुहुन्छ । उपमेयरमा माओवादीका अइन्द्र विक्रम बेघा ७,०९९ मतसहित अगाडि हुनुहुन्छ भने उहाँलाई एमालेका पदमप्रसाद लिम्बुले ६,७५४मतसहित पछ्याइ रहनुभएको छ । जनकपुरधाम उपमहानग रपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार मनोजकुमार साह सुडी ३,५१० मतका साथ अग्रस्थानमा हुनुहुन्छ । सुडीलाई पछ्याइ रहनुभएका नेपाल कम्युनिष्ट पार्टी (एमाले)का शिवशंकर साहले १,५११ मतप्राप्त गर्नुभएको छ । उपमेयरमा कांग्रसकी किशोरी साह ३,४४२ मतसहित अग्रस्थानमा हुनुहुन्छ भने उहाँलाई रुणादेवी झाले १,७३७ मतसहित पछ्याइरहनुभएको छ ।

बाराको कलैया उपमहानगर पालिकाको मेयरमा नेकपा एमालेका विनोदप्रसाद साह ७,३०० मतसहित अगाडि हुनुहुन्छ । उहाँलाई कांग्रेसका राजेशराय यादवले ४,५५३ मतसहित पछ्याइ रहनुभएको छ । त्यस्तै उपमेयरमा जसपाका प्रमोदकुमार गुप्ता ५,४५० मतका साथ पहिलो स्थानमा हुनुहुन्छ भने एमालेका रौशन परविनले ४,५५८ मतका साथ उहाँलाई पछ्याइरहनुभएको छ ।

जितपुर सिमरा उपमहानगर पालिकाको मेयरमा नेपाल कम्युनिष्ट पार्टीका (माओवादी केन्द्र) उम्मेदवार राजन पौडेल १३,७७१ मतका साथ अग्रस्थानमा हुनुहुन्छ । पौडेललाई पछ्याइ रहनुभएकी नेपाल कम्युनिष्ट पार्टी (एमाले)की सरस्वतीदेवी चौधरीले १२,७१२ मत ल्याउनु भएको छ । त्यस्तै उपमेयरमा एमालेका भोलाप्रसाद अधिकारी १२,९५६ मतसहित अगाडि रहँदा कांग्रेसकी मेघा शाहीले १२,२४३ मतसहित पछ्याइ रहनुभएको छ ।

हेटौंडा उपमहानगर पालिकाको मेयरमा नेपाल कम्युनिष्ट पार्टीकी (एकीकृत समाजवादी) उम्मेदवार मीनाकुमारी लामाले ८,९८२ मतका साथ अग्रता लिइरहनुभएको छ भने दोस्रोमा राप्रपाका दीपकबहादुर सिंहले ८,६८७ मतप्राप्त गर्नुभएको छ । तेस्रो स्थानमा रहनुभएका (एमाले)का अनन्तप्रसाद पौडेलले ७,९५७ मत ल्याउनु भएको छ । उपमेयरमा कांग्रेसका राजेश बानिया १२,०४५ मतसहित पहिलो स्थानमा हुनुहुन्छभने एमालेकी सुमित्रा काफ्ले ८,२३९ मतसहित दोस्रो स्थानमा रहनुभएको छ ।

बुटवल उपमहानगर पालिकाको मेयरमा नेपाली कांग्रेस उम्मेदवार खेलराज पाण्डेय ११,९८६ मतका साथ अग्रस्थानमा हुनुहुन्छ । पाण्डेयलाई पछ्याइ रहनुभएका नेपाल कम्युनिष्ट पार्टी (एमाले)का बाबुराम भट्टराईले ७,८७९ मत ल्याउनुभएको छ । उपमेयरमा एमालेकी सावित्रादेवी अर्याल ८,८१४ मतसहित अग्रस्थानमा रहँदा एकीकृत समाजवादीका चीनबहादुर गुरुङले ६,३७६ मतसहित पछ्याइ रहनुभएको छ ।

दाङको घोराही उपमहानगर पालिकाको मेयरमा एमालेका नरुलाला चौधरी १९,६९४ मतका साथ अग्रस्थानमा हुनुहुन्छ भने नेकपा माओवादी केन्द्रका हेमराज शर्मा पोख्रेल १६,०७३ मतसहित अग्रस्थानमा हुनुहुन्छ । त्यस्तै उपमेयरमा पनि एमालेकै हुमाकुमारी डिसीले १९,०५८ले अग्रता लिइरहनुभएको छ भने कांग्रेसका भुपबहादुर डाँगी १८,५५३ मतसहित दोस्रो स्थानमा रहनुभएको छ । दाङका दुईउपमहानगर पालिकामध्ये अर्को तुलसीपुरमा अहिलेसम्म मतगणना सुरुभएको छैन ।

नेपालगञ्ज उपमहानगर पालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार प्रशान्त विष्ट १२,८०६ मतका साथ अग्रस्थानमा हुनुहुन्छ । विष्टलाई पछ्याइ रहनुभएका नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पशुपतिदयाल मिश्राले ६,०१४ मत ल्याउनुभएको छ । उपप्रमुखमा जसपाका कमरुद्दीन राई १०,४२३ मतका साथ अग्रता लिइरहनु भएको छ भने राप्रपाकी बिन्दु चर्ति मगरले ६,६६१ मतका साथ दोस्रो स्थानमा हुनुहुन्छ । उता, धनगढी उपमहानगर पालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल ९,०३० मतका साथ अग्रस्थानमा हुनुहुन्छ । हमाललाई पछ्याइ रहनुभएका नेपाली कांग्रेसका नृपबहादुर वडले ४,३८६ मत ल्याउनुभएको छ । त्यस्तै उपमेयरमा नेकपा माओवादी केन्द्रकी शान्तिकुमारी अधिकारी ३,९०४ मतसहित अगाडि हुनुहुन्छ भने एमालेकी कन्दकला कुमारी राना ३६८६ मतका साथ दोस्रो स्थानमा हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?