काठमाडौं । सशस्त्र प्रहरी बलका प्रहरी नायव महानिरीक्षक (डीआईजी) वंशीराज दाहाल प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाका लागि सिफारिस हुनुभएको छ ।
बिहीबार गृहमन्त्रालयमा बसेको बढुवा समितिको बैठकले वंशीराजलाई एआईजीमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो । सशस्त्र प्रहरीमा दुई जना अतिरिक्त प्रहरी महानिरीक्षकको दरबन्दी थियो। थप भएको दरबन्दीसँगै दाहालको एआइजी बढुवाको बाटो खुलेको छ।
सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३९ को उपनियम (१) को (क) बमोजिम उहाँलाई बढुवाका लागि सिफारिस गरिएको बढुवा समितिले जनाएको छ ।
बढुवा सिफारिसउपर चित्त नबुझ्ने सशस्त्र प्रहरी नायब महानिरीक्षकहरुले सात दिनभित्र बटुवाउपरको उजुरी सुन्ने समितिसमक्ष उजुरी दिन सक्ने बताइएको छ।
गत भदौ २१ गतेको मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरीमा थप एक एआईजी दरबन्दी स्वीकृत गरेको थियो । सशस्त्र प्रहरीमा एआइजीको चार वर्ष पद रहन्छ। त्यसमा एक वर्ष थप हुनसक्ने प्रावधान छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच