१५ औं राष्ट्रिय औद्योगिक मेलाको तयारी

Read Time = 4 mins

चन्द्रकान्त खनाल/हिटा
रूपन्देही । रूपन्देही उद्योग संघको आयोजनामा आगामी पुस ७ देखि १९ गतेसम्म बुटवलमा १५औं राष्ट्रिय औद्योगिक प्रदर्शनी हुने भएको छ । समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशीलताको विस्तार भन्ने मूल नाराका साथ आयोजना हुन मेलाका लागि नेपाल उद्योग परिसंघ र लुम्बिनी प्रदेश उद्योग परिसंघले पनि सहकार्य गर्ने भएका छन् ।

सोही क्रममा रूपन्देही उद्योग संघका अध्यक्ष माधवप्रसाद पौडेल नेतृत्वको प्रतिनिधिमण्डलले काठमाडौंस्थित विभिन्न मन्त्रालय र सम्बन्धित विभागमा भेट गरी सहआयोजक र प्रवद्र्धक बनिदिन तथा मेला सफल बनाउन सहकार्यका लागि आग्रह गरेको छ । प्रतिनिधिमण्डलले पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेल, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. तोयानारायण ज्ञवाली, राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुन, लघु घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्रका महानिर्देशक विष्णुप्रसाद भुसाल, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणा, औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महाप्रबन्धक सुवास सिटौला, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका प्राविधिक शाखा प्रमुख लेखनाथ कँडेल तथा पर्यटन बोर्डका पदाधिकारीसँग भेट गरी प्रस्तावपत्र पेश गरेको हो ।

त्यसैगरी प्रतिनिधिमण्डलले स्वरोजगार सिर्जना, उद्यमीलाई प्राविधिक ज्ञान र सरल बैंकिङ सुविधासँग जोड्ने उद्देश्यका साथ बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवनकुमार गोल्यान र पदाधिकारीसँग समेत छलफल गरेको संघका अध्यक्ष पौडेलले जानकारी दिनुभयो । स्वदेशी उत्पादन र छिमेकी मुलुकमा प्रयोग भइरहेका नवीनतम प्रविधिबारे नेपाली उद्यमीलाई जानकारी दिने उद्देश्यका साथ यसपटकको मेलालाई थप प्रभावकारी बनाउन विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रदर्शनी गर्दै आएको स्पेश मिडिया सोलुसन प्रालिसँग समेत बृहत् छलफल भएको संघका वरिष्ठ उपाध्यक्ष दिलिप सापकोटाले बताउनुभयो ।

२०४५ सालमा काठमाडौंबाहिर प्रथमपटक राष्ट्रिय औद्योगिक प्रदर्शनीको आयोजना गरी इतिहास रचेको रूपन्देही उद्योग संघ हरेकपटकको मेलालाई समयानुकूल परिमार्जन र परिस्कृत गर्दै अघि बढिरहेको छ । १५औं राष्ट्रिय औद्योगिक प्रदर्शनीमा कृषि, प्रविधि र पर्यटन प्रवद्र्धनलाई विशेष जोड दिइने संघका महासचिव हरिबहादुर खत्रीले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?