दराजले डेलिभरीमा विद्युतीय स्कुटर प्रयोग गर्ने

Read Time = 3 mins

काठमाडौं । थप वातावरणमैत्री सञ्चालनतर्फ अघि बढ्ने उद्देश्यसाथ अनलाइन बजार दराजले अब डेलिभरीका लागि विद्युतीय स्कुटर प्रयोग गर्ने घोषणा गरेको छ । कम्पनीले हालै १० वटा ओकिनावा डुअल इलेक्ट्रिक स्कुटर खरिद गरेको जनाएको छ, जसलाई काठमाडौं उपत्यकामा डेलिभरी गर्न प्रयोग गरिने जनाएको छ । विशेषगरी धुम्बाराही, चाबहिल, कपन, कुलेश्वर, कालीमाटी, न्युरोड, नागार्जुन, पुल्चोक, सानेपा, जावलाखेललगायतका केही क्षेत्रका ग्राहकलाई सामान पुर्‍याउन ती स्कुटर प्रयोग गरिने कम्पनीले जनाएको छ ।

कम्पनीले नयाँ पहलमार्फत् आयातित इन्धनलाई स्वदेशमै उत्पादन हुने क्लिन एण्ड ग्रिन विद्युत्ले प्रतिस्थापन गर्ने र वातावरणमा कार्बन फुटप्रिन्ट कम गर्ने अपेक्षा गरेको छ । साथै कम्पनीले दुई र चारपांग्रे दुवै खण्डमा आफ्नो फ्लिटमा विद्युतीय सवारीसाधन थप विस्तार गर्ने योजना रहेको पनि जनाएको छ ।

दराजकी प्रबन्ध निर्देशक आँचल कुँवर भन्नुहुन्छ, ‘यो दराजमा दिगो तथा वातावरणमैत्री सञ्चालनतर्फको थप एक कदम हो । हाम्रा डेलिभरी सवारीसाधनमा १० वटा विद्युतीय स्कुटर थपिएका छन् । हामी सधैं वातावरणमा हाम्रो कार्बन फुटप्रिन्ट कम गर्न कोसिस गर्दैछौं । हामी हाम्रो प्याकेजिङको लगभग ८० प्रतिशत पुनः प्रयोग गरिएको कागज प्रयोग गर्दछौं र पूर्णरूपमा कागजविहीन जाने प्रयास गर्दैछौं । हामीले हाम्रो थसिखेल हबमा रेन वाटर हार्वेस्टिङ प्रणाली पनि लागू गरिरहेका छौं । हामीले नागार्जुनको सामुदायिक वनमा चार सयभन्दा बढी रुख पनि रोपेका छौं । हामी हरियाली नेपाल निर्माण गर्न मद्दत गर्ने उपाय कार्यान्वयन गर्न सधैं अग्रसर रहनेछौं ।’ सो अवसरमा दराजको थसिखेल हबमा शुक्रबार आयोजित कार्यक्रममा दराज प्रबन्ध निर्देशक कुँवरले कम्पनीका गोपीकृष्ण, सोल्टीमोड र थसिखेल हबका डेलिभरी हिरोलाई विद्युतीय बाइकको साँचो हस्तान्तरण गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?