हिन्दी संस्करणको प्रेमगीत-३ आजदेखि नेपालका सिनेमा घरमा

Read Time = 1 min

काठमाडौं । ‘प्रेमगीत ३’ को हिन्दी संस्करण आजदेखि नेपालमा प्रदर्शन हुन लागेको छ । सञ्चार मन्त्रालयको निर्देशन र कर चुक्तालगायतको प्रक्रिया चलचित्रले पूरा गरेपछि चलचित्र विकास बोर्डले चलचित्रलाई सेन्सर सिफारिश गरेको हो । निर्माताले सेन्सर सिफारिशको पत्र पनि बुझेका छन् ।

प्रेमगीत ३ को हिन्दी संस्करण नेपाली फिल्मसरह प्रदर्शन हुने बताइएको छ । चलचित्रले १५ प्रतिशत विकास शुल्क पनि तिर्नुपर्ने छैन । यसै साता सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयले हिन्दी संस्करणलाई नेपाली चलचित्रकै मान्यता दिइसकेको छ ।

प्रदीप खड्का, क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ, सुनिल थापा, मनिषा राउतलगायतको अभिनय रहेको चलचित्रलाई सन्तोष सेन र चेतन गुरुङले संयुक्त निर्देशन गर्नुभएको हो । पहिलोपटक भारतीय वितकरले हिन्दी डबसहित विश्वबजारमा प्रदर्शनमा यो चलचित्र ल्याएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?