अनलाइनबाटै शिक्षक फाँटबारी पठाउने व्यवस्था

Read Time = 1 min

काठमाडौ । नागरिक लगानी कोषले सामुदायिक विद्यालयका शिक्षकले सावधिक जीवन बीमा योजनाअन्तर्गत अनिवार्यरूपमा रकम कट्टा गर्दा अनलाइन प्रणालीबाट फाँटबारी अपलोड गर्ने र अनलाइन प्रणालीबाट रकम पठाउने व्यवस्था सुरु गरेको छ ।

यसअघि कोषले अनलाइन प्रणालीबाट कोषका कार्यक्रममा सहभागी भएका सहभागी कर्मचारीको सम्बन्धित कार्यालयले सोझै सहभागी कर्मचारीको कोषको खातामा कोष कट्टी रकम जम्मा गर्ने व्यवस्था गरेकोे थियो ।

विद्युतीय सरकारी लेखा प्रणाली (सिगास) प्रणालीबाट पारिश्रमिक वितरण गर्ने सरकारी कार्यालयबाहेकका अन्य कार्यालयलाई लक्षित गरी कोषले यस्तो सुविधा यसअघि नै सुरु गरेको जनाएको छ ।

शिक्षकमा पनि अनलाइन कारोबार सुरु भएपछि सहजता मिलेको मदन स्मारक माध्यमिक विद्यालय ललितपुरका प्रधानाध्यापक गोविन्दप्रसाद पौडेलले बताउनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?