दशैँका लागि कोका-कोला र शाहको विशेष रेसिपी

Read Time = 3 mins

काठमाडौं । नेपालीहरूको महान् चाड विजयादशमीलाई लक्षित गरेर कोका-कोला नेपालले मास्टर सेफ विजेता सन्तोष शाहसँग मिलेर दशैँमा विशेष पाँचवटा रेसिपी तयार गरेको छ । सेलरोटी, खसीको पक्कु, आलु/कटहरको अचार, मालपुवा र भरेको पर्वल बनाउने तरिका रेसिपीमा समावेश छन् । सबैजनाले सजिलैसँग बनाउन सक्ने भएकाले यी रेसिपीहरू दशैँका लागि अत्यन्तै उपयुक्त रहेको कम्पनीको भनाइ छ ।

का–कोला बोतलको लेबलमा भएको क्युआर कोड स्क्यान गरेर रेसिपी भिडियो हेर्न सकिनेछ भने कोका-कोला नेपालको फेसबुक र इन्स्टाग्राम पेजमा पनि यी रेसिपी भिडियो उपलब्ध हुनेछन् । साथै उपभोक्ताले आफूले बनाएको परिकारको भिडियो कोका-कोला नेपाल र सेफ सन्तोष शाहलाई ट्याग गरेर आफ्नो सामाजिक सञ्जालमा राख्न सक्नेछन् । भिडियो राख्नेमध्ये तीन भाग्यशाली विजेताले सेफ सन्तोष शाहसँग भेट्ने मौका पनि पाउन सक्ने कम्पनीले जनाएको छ ।

सेफ शाहले भन्नुभयो, ‘दशैँको कुरा गर्नासाथ हाम्रा परम्परागत स्वादिला खानाको पनि कुरा आइहाल्छ । यो वर्ष मैले कोका-कोलासँग मिलेर दशैँमा खाइने पाँच विशेष परिकारका रेसिपी यहाँँहरूलाई दिँदैछु । यो रेसिपीमा मैले आफ्नै विशेष तरिका अथवा सामान पनि थपेको छु । आशा छ, यहाँँहरूले पनि आफ्ना प्रियजनसँग यो रेसिपी बनाउनुहुनेछ र सँगै बसेर रमाइलो गर्दै खानुहुनेछ ।’ कोका-कोलाका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले भन्नुभयो, ‘नेपालीहरू आफ्नो चाडपर्व र आफ्नो मौलिक स्वादप्रति एकदमै गर्व गर्नुहुन्छ । त्यसैले उहाँँहरूका लागि मास्टर सेफ सन्तोष शाहसँग मिलेर दशैँमा विशेष परिकारका रेसिपी प्रदान गर्न पाउँदा हामी पनि उत्तिकै उत्साहित छौँ । हामीलाई आशा छ । उहाँँहरूले पनि यी रेसिपी बनाउनुहुनेछ र चिसो कोका–कोलासँग स्वाद लिनुहुनेछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?