एकीकृत समाजवादीका अध्यक्ष नेपाल र चिनियाँ राजदूत सङबीच भेटवार्ता

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्‍यक्ष माधवकुमार नेपाल र चिनियाँ राजदूत छन् सङलेबीच भेटवार्ता भएको छ । नेपाललाई भेट्न राजदूत सङ कोटेश्वरस्थित अध्यक्ष नेपालको निजी निवासमा पुगेर भेटवार्ता गर्नुभएको हो ।

नेपालका निजी सचिवालयका अनुसार आज दिउँसो चिनियाँ राजदूत सङ नेपाल निवास पुग्नुभएको हो । भेटमा अध्यक्ष नेपालले नयॅा राजदूतलाई स्वागत गर्दै कार्यकाल सफलताको शुभकामना दिनुभयो ।

चिनियाँ राजदूतले राजदूतको रूपमा नेपाल आउन पाउॅदा खुसी लागेको बताउॅदै आफ्नो कार्यकालमा सबैबाट सहयोगको अपेक्षा गरेको बताउनुभयो । उहॅाहरूबीच नेपाल चीन सम्बन्ध र द्विपक्षीय हितका विविध बिषयमा कुराकानी भएको थियो ।

आजै प्रधानमन्त्री प्रचण्ड र राजदूत सङबीच बिहान बालुवाटारमा भेटवार्ता भएको थियो । राष्ट्रपतिको निर्वाचन नजिएसँगै चिनियाँय राजदूतको भेटघाट बाक्लिएको छ । उहाँले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटघाट गरिसक्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?