प्रतिनिधि सभा चुनाव नलड्ने डा.बाबुराम भट्टराईको घोषणा

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेसपा अध्यक्ष डा बाबुराम भट्टराईले प्रतिनिधिसभा चुनाव नलड्ने घोषणा गर्नुभएको छ । गोरखाका मतदातालाई धन्यवाद दिंदै उहाँले लेख्नुभएका छ, ‘आगामी २०७९ मंसीर ४ को प्रतिनिधिसभा निर्वाचनमा म उम्मेदवार नबन्ने यहाँहरू सबैलाई विनम्र जानकारी गराउन चाहन्छु ।’

आफ्नो कार्यकालमा जिल्लाको दूरगामी विकास र सामाजिक पूर्वाधार बनेको उनले उल्लेख गरेका छन् । डा भट्टराईले अगाडि लेख्नुभएको छ, 'मेरो कार्यकालमा गोरखाको दूरगामी विकास र समृद्धिकालागि आधारभूत भौतिक तथा सामाजिक पूर्वाधारहरू बनेका छन् भने केही शुरूभएका आयोजना पूरा हुन बॉकी छन्। बॅकीरहेका आयोजना पूरा गर्न र ती पूर्वाधारको जगमा अब उत्पादन र रोजगारमुखी योजना र कार्यक्रम ल्याएर ऐतिहासिक गोरखालाई देशकै नमूना विकासको केन्द्र बनाउन म संसदमा नरहे पनि निरन्तर सक्रिय योगदान गरिरहनेछु।'

यसअघि उहाँले आगामी प्रतिनिधि सभा निर्वाचन माओवादी केन्द्रको चुनाव चिह्नबाट लड्ने निर्णय गर्नुभएको थियो ।

उहाँले अगामी दिनमा निरन्तर खटिने पनि प्रतिबद्धता जनाउनु भएको छ । उहाँले लेख्नुभएको छ, 'चुनाव नलड्नु भनेको राजनीति छोड्नु हैन । कतिपय मानिसहरूले जानेर नजानेर त्यस्तो सोच्नरभन्न सक्छन्। सत्तादेखि सत्ता र चुनावदेखि चुनावसम्मको राजनीति गर्नेहरूले त्यसो भन्नु अन्यथा हैन। तर, सही र असल राजनीति भनेको समाजको सर्वतोमुखी अग्रगामी रूपान्तरण र जनतारसमाजको सेवा गर्ने साधन हो। म त्यसमा विश्वास गर्छु र आजीवन त्यही मार्गमा लागिरहनेछु। पार्टीको काम र जनसेवामा म निरन्तर खटिरहनेछु।'

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?