चलचित्र ‘म राजेश हमाल’को प्रदर्शन मिति सार्वजनिक

Read Time = 3 mins

काठमाडौँ  । केहि समय अघि नै सम्पूर्ण काम सकेर प्रदर्शनको पर्खाइमा रहेको चलचित्र 'म राजेश हमाल'को फर्स्टलुक पोस्टर संगै रिलिज मिति सार्वजनिक गरिएको छ  । चलचित्रका निर्माता केदार भुसालले आफ्नो जन्मदिन महानवमीको अवसर पारेर चलचित्र 'म राजेश हमाल'को रिलिज डेट सार्वजनिक गरेका हुन् । चलचित्र आगामी चैत्र १० गते बाट देशभर प्रदर्शनमा आउने छ  ।

जोन योञ्जनको  निर्देशनमा बनेको चलचित्रमा सञ्चिता लुँइटेल, मुकुन भुसाल, महेश त्रिपाठी, एभोन राज उप्रेती, सँजोग रसाइली र अस्मिता लामिछानेको मुख्य भुमिका रहेको छ । चलचित्रमा आर्यन सिग्देल बिसेष भूमिकामा देखिने छन् भने राजेश हमालको आवाजले कथा बोकेको छ  ।

चलचित्रका कथाकार जोन योञ्जन हुन भने पटकथामा जोनलाइ सायदले साथ दिएका छन । आलोक शुक्लाको छायाँकन, भिम विश्वकर्माको सम्पादन, मणि रत्न त्रिपाठिको साउण्ड डिजाइन रहेको छ । चलचित्रमा दिपक आर जे र कमल रेग्मीको संगीत रहेको छ।

किरण कुमार महर्जन सह-निर्माता रहेको चलचित्रमा जिव लाल भुसाल, नविन भुसाल र श्रृषा भुसाल कार्यकारि निर्माता हुन् । बड पिक्चर, जोय पपया, ट्राइडेन्ट कन्सेप्ट र फोपिको ब्यानरमा बनेको चलचित्र फिल्कर आर्ट्सले निर्माण गरेको हो ।

फोपि अहिले पछिल्लो समयमा नेपाली चलचित्र जगतमा नयाँ स्वरुप सँग आएको ओटिटि प्लेटफर्म हो । चलचित्रलाइ, आर आर फिल्म्सले देश भरका हलहरुमा वितरण गर्दैछ । चलचित्रको डिजिटल राइट ओएसआर डिजिटलले खरिद गरेको छ ।

राजेश हमाल केवल सुपरस्टार होइनन् उनि एक भावना हुन् भन्ने ट्यागलाइनमा बनेको चलचित्रको पोस्टर भने ट्राइडेन्ट कन्सेप्टका रोयल भिमसेनले डिजाइन गरेका हुन् ।

निर्माता केदार भुसालले यस अघि प्रदर्शनको लागि घोषणा गरेको उनको पहिलो चलचित्र 'कौसिद'को नयाँ प्रदर्शन मिति कोजाग्रत पुर्णिमाको दिन सार्वजनिक गर्ने जानकारी दिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?