भियतनामसँग पराजित नेपाल बाहिरियो

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । भियतनाममा जारी एएफसी यू-१७ एसियन कप छनोटमा लगातार दोस्रो हार बेहोरेसंगै नेपाल बाहिरिएको छ । शुक्रबार राति नेपाल भियतनामसंग ५-० ले पराजित भयो । आयोजक भियतनामलाई जित दिलाउन कोङ फुओङ, होआङ सन, लोङ भु, दिन्ह् थुओङ र भान दान्हले एक एक गोल गरे ।

छनोटको पहिलो खेलमा नेपाल थाइल्याण्डसँग ३-० गोलले पराजित भएको थियो । यता, भियतनामको यो लगातार दोस्रो जित हो । उसले पहिलो खेलमा चाइनिज ताइपेलाई ४-० ले हराएको थियो ।

समूह ुएफु मा भियतनाम ६ अंकसहित शीर्ष स्थानमा छ । यता, थाइल्याण्ड ६ अंक जोडेर दोस्रो स्थानमा छ । नेपाल भने अंकबिहीन छ । नेपालले आइतबार चाइनिज ताइपेसँग खेल्नेछ । समूह विजेता सिधै एसियन कपमा छनोट हुनेछन् भने उपविजेता उत्कृष्ट ६ टोलीले एसियन कप खेल्नेछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?