चन्द्रमामा बिरुवा उमार्दै वैज्ञानिकहरू

Read Time = 1 min

सिड्नी । अष्ट्रेलियाका वैज्ञानिकहरूले शुक्रबार अनावरण गरेको नयाँ मिसनमा २०२५ सम्ममा चन्द्रमामा बिरुवाहरू उमार्ने प्रयास गरिरहेका छन्, जुन उनीहरूले भविष्यको उपनिवेशका लागि मार्ग प्रशस्त गर्न मद्धत गर्न सक्ने बताइएको छ । क्वीन्सल्याण्ड युनिभर्सिटी अफ टेक्नोलोजीका वनस्पति विज्ञ ब्रेट विलियम्सले निजी इजरायली चन्द्र अभियानअन्तर्गतको बेरेशिट दुई अन्तरिक्ष यानले बिउ बोक्न बताउनुभएको छ ।

यान अवतरणपछि सिल गरिएको कक्षभित्र बिउलाई पानी दिइनेछ । बिज अंकुरण र वृद्धिको संकेतबारे निरन्तर निगरानी गरिनेछ । चरम परिस्थिति राम्रोसँग सामना गर्न सक्ने र चाँडो अंकुरण हुने विरुवा छनोट गरिने उहाँले बताउनुभयो । एउटा सम्भावित छनोट भनेको अष्ट्रेलियाको ‘पुनरुत्थान घाँस’ हो जुन निष्क्रिय अवस्थामा पानीबिना बाँच्न सक्छ । एजेन्सी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?