शिव कैलाश कला मन्दिरको प्रस्तुतिमा कोलकतामा दशैँ सांस्कृतिक महोत्सव सम्पन्न

Read Time = 2 mins

काठमाडौं । शिव कैलाश कला मन्दिरको प्रस्तुति कोलकतामा दशैँ सांस्कृतिक महोत्सव सम्पन्न भएको छ । शिव कैलाश कला मन्दिर काठमाडौंका नारायण रिजालको संयोजन रहेका कलाकारहरूले आ-आफ्नो प्रस्तुति दिएका थिए ।

आयोजक गोरखनाथ सेवासमिति अघ्यक्ष केशव अधिकारी क्षेत्री, उपाध्यक्ष खेमराज बराल, व्यवस्थापक अरुण पाण्डे, महासचिव नरविक्रम थापा, गोरखनाथ सेवासमिति मूलकमिटी सांस्कृतिक सम्योजक सुखदेव प्रधान, सचिव मोहन सिंहले संयोजन गर्नुभएको कार्यक्रममा दिलिप थापा डान्स एकेडेमीको समेत प्रस्तुति रहेको थियो ।

नारायण रिजालको संयोजनमा रहेका नेपालका कलाकारमा रेनुका रिजाल, भरत पुटुवार, स्नेहा घिमिरे, युनिशा रिजाल, रोशन बुढाथोकी, शान्ता सत्याल, विकास तामाङ, प्रतिज्ञा भण्डारी, राजकुमार सिंह तथा गायक सविन शंकर, गायिका सपना सुनामका साथमा सरु बुढाथोकी, बालकलाकार आस्तिक रिजाल र रिहृनान बुढाथोकीले प्रतुति दिनुभएको थियो ।

कार्यक्रमको सहजीकरण सञ्चारकर्मी गीता अधिकारीले गर्नुभएको थियो । नेपाली भाषा, साहित्य, कला संस्कृतिमा कोलकताको गोरखनाथ सेवासमितिले महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ । विजयादशमीको अवसरमा यो कार्यक्रम गरिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?