निरन्तरको वर्षाका कारण देउखुरीका विभिन्न बस्तीमा डुबान

हिमालय टाइम्स
Read Time = 2 mins

विवेक खड्का/हिटा
दाङ । तीन दिनदेखिको निरन्तरको वर्षाका कारण खोलानालाहरूमा आएको बाढीले दाङको देउखुरी उपत्यकाका विभिन्न बस्तीहरू डुबानमा परेका छन् । देउखुरीको राप्ती नदी र आसपासका खोलाहरूमा आएको बाढीका कारण लमही नगरपालिका, राप्ती गाउँपालिका र गढवा गाउँपालिकाका विभिन्न बस्तीहरू डुबानमा परेका हुन् ।

राप्ती गाउँपालिकाका कालापानी, पिपरखुट्टी, बगरापुर, सगरापुर, पहरूवा, लट्ठहवा, डोडही, सिसहनियालगायतका गाउँहरू डुबानमा परेको प्रहरीले बताएको छ । बाढीले राप्ती नदीको बहाव बढिरहेको र बस्तीहरू जोखिममा परिरहेको छ । यसैगरी घोराही-तुलसीपुर सडकखण्डका हापुर र सेवार खोलामा बाढी आउँदा सवारीसाधन सञ्चालनमा समस्या भएको छ ।

गाडीहरू वैकल्पिक सडक प्रयोग गरी घोराही-तुलसीपुर आवतजावत गरिरहेका छन् । यस्तै, घोराही-होलेरी, अमिलिया-तुलसीपुर-कपुरकोट र भालुबाङ–प्युठान सडक खण्डमा पनि ठाउँ-ठाउँमा पहिरो खसेर यातायात सञ्चालनमा समस्या भएको प्रहरीले जानकारी दिएको छ । सम्भावित जोखिम क्षेत्रमा प्रहरीलाई तैनाथ गरी नागरिकलाई पनि सचेत बनाइरहेको जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर वलीले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?