अमेरिकी डलरको भाउ घट्दा, युरो बढ्यो

Read Time = 3 mins

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

शुक्रबार अमेरिकी डलरको भाउ घटेको छ । शुक्रबार अमेरिकी डलर ३६ पैसाले घटेर यसको खरिददर १३० रुपैयाँ ६७ पैसा र बिक्रीदर १३१ रुपैयाँ २७ पैसा कायम गरिएको छ । यसअघि बिहीबार उक्त डलरको खरिदमूल्य १३१ रुपैयाँ ३ पैसा र बिक्रीमूल्य १३१ रुपैयाँ ६३ पैसामा कारोबार भएको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार शुक्रबार युरोपियन युरोमा उकालो लागेको छ । युरोपियन युरो एकको खरिददर १४४ रुपैयाँ र बिक्रीदर १४४ रुपैयाँ ६६ पैसा कायम गरिएको छ। यो मूल्य अघिल्लो कारोबारको तुलनामा ७९ पैसाले बढेको हो । बिहीबार युरो एकको खरिदमूल्य १४३ रुपैयाँ २२ पैसा र बिक्रीमूल्य १४३ रुपैयाँ ८७ पैसा कायम गरिएको थियो।

शुक्रबार बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६३ रुपैयाँ ४४ पैसा र बिक्रीदर १६४ रुपैयाँ १९ पैसा तोकिएको छ। यो मूल्य बिहीबारको तुलनामा ७५ पैसाले बढेको हो । बिहीबार यसको खरिदमूल्य १६२ रुपैयाँ ७० पैसा र बिक्रीमूल्य १६३ रुपैयाँ ४४ पैसा कायम गरिएको थियो ।

त्यसैगरी, शुक्रबार अष्ट्रेलियन डलरको एकको खरिदमा ८७ रुपैयाँ ९१ पैसा र बिक्रीमा ८८ रुपैयाँ ३२ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ५७ पैसा र बिक्रीमा ९८ रुपैयाँ २ पैसा कायम भएको छ भने कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ७६ पैसा र बिक्रीमा ३५ रुपैयाँ ९३ पैसा कायम गरिएको छ ।

शुक्रबार साउदी अरेबियन एकको खरिददर ३४ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३५ रुपैयाँ, युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ५८ पैसा र बिक्रीमा ३५ रुपैयाँ ७५ पैसा र मलेसियन रिंगिट एकको खरिददर २९ रुपैयाँ ६९ पैसा र बिक्रीदर २९ रुपैयाँ ८३ पैसामा पाइनेछ ।

उता, कुवेती दिनार एकको खरिदमा शुक्रबार ४२६ रुपैयाँ ७५ पैसा र बिक्रीमा ४२८ रुपैयाँ ७१ पैसा पाइन्छ भने आज बहराइन दिनार एकको खरिददर ३४६ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३४८ रुपैयाँ २१ पैसा तोकिएको छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?