नाइजेरियामा डुंगा दुर्घटना हुँदा कम्तीमा ७६ जनाको मृत्यु

Read Time = 1 min

अबुजा । अफ्रिकी देश नाइजेरियामा डुंगा दुर्घटना हुँदा कम्तीमा ७६ जनाको मृत्यु भएको छ । नाइजेरियाको दक्षिण-पूर्वी राज्य एनाम्ब्रामा सो दुर्घटना भएको हो । कम्तीमा ८० जना सवार डुंगा एनाम्ब्राको ओग्बारुमा दुर्घटना भएको बताइएको छ ।

मृत्यु हुनेमा अधिकांश महिला तथा बालबालिका छन् । राष्ट्रपति मुहमादु बुहारीले दुर्घटनामा ज्यान गुमाएकाका परिवारप्रति सवेदना व्यक्त गर्नुभएको छ । नाइजेरियामा समय-समयमा डुंगा दुर्घटना हुने गर्दछ । यहाँ विशेषगरी क्षमताभन्दा बढी यात्रु राख्ने गर्नाले डुंगा दुर्घटनामा पर्ने गरेका छन् । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?