प्रधानसेनापति र चिनियाँ राजदूतबीच भेटवार्ता

Read Time = 1 min

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा र चिनियाँ राजदूत होउ यान्छीबीच सैनिक मुख्यालय जङ्गी अड्डामा भेटवार्ता भएको छ ।

चिनियाँ राजदूतले आफ्नो कार्यकाल समापन गरी स्वदेश फिर्ता हुने क्रममा प्रधानसेनापतिसँग बिदाई भेट गरेको नेपाली सेनाले जनाएको छ ।

भेटघाटमा प्रधानसेनापति शर्माले कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा बधाई दिँदै सुखद् भविष्यको लागि शुभकामना दिनुभएको थियो ।

यस किसिमको भेटघाटले दुई देश बीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले व्यक्त गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?