एकैगाउँका सात घर पहिरोको उच्च जोखिममा

हिमालय टाइम्स
Read Time = 2 mins

डम्मर बुढा मगर/हिटा
बागलुङ । निरन्तरको वर्षाका कारण काठेखोला गाउँपालिका-४ तंग्रामको ठूलोगाउँका सात घर पहिरोको उच्च जोखिममा परेका छन् । गत असारबाट जान थालेको पहिरो अहिलेसम्म नरोकिँदा घर छाडेर हिँड्नुपर्ने अवस्था आएको ठूलोगाउँका स्थानीयको गुनासो रहेको छ ।

स्थानीय जंगबहादुर दर्जी, प्रेम दर्जी र कुमार दर्जीसहित सात परिवारको घर पहिरोको उच्च जोखिममा परेको छ । घरभन्दा एक सय मिटर तलबाट निरन्तर रूपमा जमिन चिराचिरा परेर घरसम्मै पहिरो जाँदा स्थानीयहरू विस्थापित हुने चिन्ता बढेको जंगबहादुर दर्जीले बताउनुभयो । ‘असारमा अलिअलि चर्केको थियो, अहिलेको बेमौसमी वर्षाका कारण जमिन छियाछिया बनेको छ, घरमा पकाउने खाने मात्रै हो सुत्ने र लत्ताकपडा छिमेकीको घरमा लगेर राखेका छौं’ दर्जीले भन्नुभयो, ‘घर तल सडक खनेपछि पहिरो बग्न थालेको थियो तर घरसम्मै पहिरो आउला भन्ने थिएन, वडा कार्यालयले दिएको प्लाष्टिकले पहिरो ढाकेर कति दिन टिक्ला र पहिरोले मेरो घरसहित स्थानीय ६ परिवारको उठिवास नै लगाउने भयो ।’

घर मात्रै नभएर नवनिर्मित पदमार्गसमेत भासिन थालेको स्थानीयले बताएका छन् । पहिरो रोकथामका लागि प्लाष्टिकले ढाक्ने व्यवस्था मिलाइएको भए पनि यहाँ पहिरोका कारण घर विस्थापित हुने अवस्थामा पुगेको काठेखोला गाउँपालिका-४ तंग्रामका वडा अध्यक्ष लक्ष्मण पुनले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?