काठमाडौं । नेकपा (एकीकृत समाजवादी) बाट सत्तारुढ गठबन्धनले गरेको निर्णय नमानेर मनोनयन दर्ता गराएका २२ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।
पार्टी नेतृत्वले दिएको निर्देशन मान्दै उनीहरूले उम्मेदवारी फिर्ता लिएका हुन् । प्रतिनिधिसभातर्फ उम्मेदवारी दिएका ४ जना र प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दिएका १४ जनाले आफ्नो मनोनयन फिर्ता लिएको एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जानकारी दिनुभयो ।
उहाँले विज्ञप्ति जारी गरेर आफ्नो पार्टीबाट गठबन्धनको निर्णयविपरीत उम्मेदवारी दिएका १८ जनाले नाम फिर्ता लिएको जानकारी दिनुभएको हो ।
सत्तारुढ गठबन्धनले मंगलबार विज्ञप्ति जारी गर्दै बागीहरूलाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको थियो । एकीकृत समाजवादीले पनि विज्ञप्ति जारी गरेर बागी उम्मेदवारी दिएकाहरूलाई नाम फिर्ता लिन भनेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच